कालेबुङमा अवैध रूपमा बस्दै आएको अफगान नागरिक पक्राउ
पकड़े गए अफगान नागरिक को ले जाती पुलिस


कालेबुङ, १९ सेप्टेम्बर (हि.स.)। पश्चिम बंगालको कालेबुङमा पुलिसले गोप्य सूचनाका आधारमा एक अफगान नागरिकलाई हिरासतमा लिएको छ। हिरासतमा लिइएका व्यक्तिको नाम सैयद बिलाल खान (२८) रहेको छ। कालेबुङ पुलिसले शनिवार जारी गरेको प्रेस विज्ञप्ति मार्फत यसबारे जानकारी दिएको हो।

पुलिस अनुसार, सैयद बिलाल खान अफगानिस्तानको काबुल स्थित पटकीका, युसुफ खेलका निवासी हुन्। उनी हाल कालेबुङ थाना क्षेत्र अन्तर्गत चेस्ट क्लिनिक नजिकै हाट बजार क्षेत्रमा भाड़ाको घरमा बस्दै आएका थिए।

सोधपुछको क्रममा उनी अफगान नागरिक रहेको र भारतमा कथित रूपमा अवैध रूपमा बस्दै आएको जानकारी खुलेको पुलिसले बताएको छ। पुलिसले उनई हिरासतमा लिएर आवश्यक कानूनी प्रक्रिया अघि बढ़ाएको छ।

कालेबुङ पुलिसले स्थानीय नागरिकहरूलाई कुनै व्यक्तिलाई घर वा सम्पत्ति भाड़ामा दिनुअघि नजिकको पुलिस थानामा भाड़ामा बस्ने व्यक्तिको सत्यापन प्रक्रिया अनिवार्य रूपमा पूरा गर्न अपील गरेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande