नासाको गोडार्ड स्पेस फ्लाइट सेन्टरमा शोधको अवसर पाएकोमा मुख्यमन्त्रीले दिए बधाई
नासाको गोडार्ड स्पेस फ्लाइट सेन्टरमा शोधको अवसर पाएकोमा मुख्यमन्त्रीले दिए बधाई


गुवाहाटी, 19 सेप्टेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले शनिवार बजालीका प्रतिभाशाली छोरा डा. दीपज्योति पाटगिरीलाई विश्वप्रसिद्ध नासाको गोडार्ड स्पेस फ्लाइट सेन्टरमा शोध गर्ने अवसर प्राप्त भएकोमा बधाई दिए।

मुख्यमन्त्रीले सोशल मिडिया पोस्टमा भने, डा. पाटगिरीको यो उपलब्धि सारा असमको लागि खुशी र गर्वको विषय हो। उनले भने, असमिया माध्यमको विद्यालयबाट आफ्नो शिक्षाको शुरुआत गर्ने डा. पाटगिरीले आफ्नो प्रतिभा, परिश्रम अनि समर्पणको बलमा यो साबित गरेका छन् कि सपनालाई पूरा गर्ने मार्गमा शिक्षाको माध्यम कहिल्यै बाधा बन्न सक्दैन।

डा. सरमाले डा. पाटगिरीलाई हार्दिक शुभकामना दिँदै उनको उज्जवल भविष्यको कामना गरे। उनले आशा व्यक्त गरे, उनको यो सफलताले असमका युवाहरूलाई विज्ञान अनि अनुसन्धानको क्षेत्रमा नयाँ सपना देख्नको लागि प्रेरित गर्नेछ भने वैश्विक वैज्ञानिक मञ्चमा राज्यको सुनाम फैलाउनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande