
नदिया, 19 सेप्टेम्बर (हि.स.)। शान्तिपुर स्टेट जनरल अस्पताल परिसरमा अवस्थित उचित मूल्यको औषधि पसलमा कथित रूपमा मियाद सिद्धिएको औषधि बेचेको आऱोपलाई लिएर शनिवार बिहान बबाल मचियो। सिकायत सार्वजनिक भएपछि रोगीहरूका परिवार अनि स्थानीय मानिसहरूले पसललाई बन्द गरिदिए।
जानकारी अनुसार लगभग दुई दिनअघि चन्दना साहा आफ्नो छोरोलाई उपचारको लागि शान्तिपुर अस्पतालमा लिएर आएकी थिइन्। डाक्टरको सल्लाहपछि उनले अस्पताल परिसरकै उचित मूल्यको पसलबाट औषधिहरू खरिद गरेकी थिइन्। घरमा गएर औषधिको खोलेर हेर्दा कथित रूपमा केही गोलीहरू भाँचिएको पाइयो। परिवारको आरोप छ, औषधिहरूबाट दुर्गन्ध आइरहेको थियो।
मामिला सार्वजनिक भएपछि शनिवार स्थानीय मानिसहरू अनि रोगीहरूका परिवारहरू अस्पताल परिसरमा भेला भए। उनीहरूले औषधि पसलबाट मियाद सकिएको औषधि दिएको आरोप लगाउँदै पसललाई बन्द गरिदिए।
तथापि पसलका कर्मचारीहरूको भनाइ छ, अस्पताल अधीक्षक र सम्बन्धित अधिकारीहरूको पक्षबाट पसल बन्द गर्ने सम्बन्धमा कुनै लिखित निर्देश दिइएको छैन। मानिसहरूको सिकायतको आधारमा हाल पसललाई बन्द राखिएको छ।
यस मामिलामा अस्पतालका अधीक्षक तारक बर्मनले भने, सिकायतको जाँच गरिनेछ। औषधिहरूको वास्तविक स्थिति र त्यसको वैधताको जांच गरेपछि सम्पूर्ण मामिलाको तस्वीर छर्लङ्ग हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा