असम पुलिसले बङ्गलादेशबाट अनुप्रवेश गर्ने प्रयासलाई असफल बनाइदियो: मुख्यमन्त्री सरमा
असम पुलिसले बङ्गलादेशबाट अनुप्रवेश गर्ने प्रयासलाई असफल बनाइदियो: मुख्यमन्त्री सरमा


गुवाहाटी, 19 सेप्टेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले शनिवार भने, असम पुलिसले राज्यको सीमा भएर बङ्गलादेशदेखि भारतभित्र छिर्ने एक कथित प्रयासलाई असफल बनाइदियो।

मुख्यमन्त्रीले सोशल मिडिया पोस्टमा भने, दश जना मानिसहरूले कथित रूपमा बङ्गलादेशदेखि भारतमा भित्रिने प्रयास गरिरहेका थिए जसको उद्देश्य सामाजिक सौहार्दलाई प्रभावित पार्नु थियो। तथापि पुलिसले समयमै कारबाही गरेर उनीहरूलाई रोक्यो।

फिल्म ‘धुरंधर’ -को सन्दर्भ उल्लेख गर्दै डा. सरमाले संदिग्ध घुसपैठीहरूलाई ‘धुरन्धरहरूको 10 फर्स्ट कपी’ बताए। उनले भने, असम पुलिसले सीमामा तत्परता देखाउँदै यस प्रयासलाई विफल बनाइदियो।

मुख्यमन्त्रीले भने, राज्य पुलिस सीमामा लगातार सतर्क छ। उनले असमको मूलवासीहरूको अस्तित्व र पहिचानसित सम्बन्धित मुद्दाहरूमा कुनै पनि किसिमको सम्झौता नगर्ने कुरा पनि गरे।

डा. सरमाले आफ्नो पोस्टमा ‘10 का दम’- को उल्लेख गर्दै भने, असम पुलिस सदैव सतर्क रहनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande