बङ्गालमा गर्जन सहित पानी पर्नसक्ने अनुमान
बङ्गालमा गर्जन सहित पानी पर्नसक्ने अनुमान


कोलकाता, 19 सेप्टेम्बर (हि.स.)। पश्चिम बङ्गालमा शनिवार पनि मौसमको स्वरूप परिवर्तन भइरहनेछ। अलिपुर मौसम विभाग अनुसार राज्यका केही भागहरूमा सामान्यतः बादल लागिरहनेछ भने मेघ गर्जनसितै पानी पर्नसक्छ। गङ्गा तटीय पश्चिम बङ्गालमा आज बिजुली चम्किने, गर्जन हुने तथा तीव्र हावा चल्ने पूर्वानुमान जारी गरिएको छ।

कोलकाता र यस वरपरका क्षेत्रहरूमा सामान्यतः बादल लाग्नको साथै मध्यम वर्षा हुने सम्भावना छ। अलिपुरमा अधिकतम तापमान लगभग 33 डिग्री सेल्सियस औ न्यूनतम तापमान लगभग 26 डिग्री सेल्सियस रहने अनुमान छ। मौसम विभागले गर्जनसितै 30-40 किलोमीटर प्रतिघ्टाको गतिले तीव्र हावा चल्ने चेताउनी दिएको छ।

हावड़ामा पनि बादल लाग्ने अनि मध्यम वर्षा हुने पर्वानुमान व्यक्त गरिएको छ भने यहाँको अधिकतम तापमान लगभग 35 डिग्री र न्यूनतम 26 डिग्री सेल्सियस रहनसक्छ। मेघ गर्जन, वज्रपात हुने तथा हुरी चल्न सक्ने हुनाले सतर्क रहने सल्लाह दिइएको छ।

दक्षिण बङ्गालका अन्य जिल्लाहरूमा पनि शनिवार स्थानीय स्तरमा वर्षा अनि बिजुली चम्किने स्थिति उत्पन्न हुनक्छ। अलिपुरमौसम विभागको वर्तमान पूर्वानुमानमा आज गङ्गा तटीय पश्चिम बङ्गालमा तीव्र हावा चल्ने, बिजुली चम्किने चेताउनीदिइएको छ। आइतवार पनि स्थिति यस्तै रहनसक्ने बताइएको छ।

उत्तर बङ्गालका उप-हिमालयी जिल्लाहरूको लागि शनिवार कुनै भिन्न चेताउनी जारी गरिएको छैन। तथापि स्थानीय स्तरमा पानी पर्ने , बिजुली चम्किने सम्भावना व्यक्त गरिएको छ।

मौसम विभाग अनुसार आगामी 21 र 22 सेप्टेम्बरमा राज्यमा मौसम अपेक्षाकृत शान्त रहनसक्छ भने 23 सेप्टेम्बरदेखि गङ्गा तटीय पश्चिम बङ्गालमा फेरि पानी पर्ने सम्भावना व्यक्त गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande