गूगल म्यापको भरोसामा बाइक चलाउँदा ठूलो मूल्य चुकाउनु पऱ्यो, बाइकसितै युवक खाल्डोमा पस्यो
गूगल म्यापको भरोसामा बाइक चलाउँदा ठूलो मूल्य चुकाउनु पऱ्यो, बाइकसितै युवक खाल्डोमा पस्यो


दुर्गापुर, 19 सेप्टेम्बर (हि.स.)। गूगल म्यापमा देखाइएको बाटोमाथि भरोसा गरेर बाइकमा गइरहेको एक जना युवकसित ठूलो दुर्घटना भयो। मार्गमा रहेको जोखिम बारे अनविज्ञ युवक बाइकसितै परित्यक्त खदानको गहिरो खाल्डोभित्र पस्यो। दुर्घटनामा उ गम्भीर रूपमा घाइते भयो। लामो प्रयासपछि पुलिसले उसलाई खदानदेखि बाहिर निलाकेर अस्पतालमा पुऱ्यायो।

घटना पश्चिम बर्दवानको पाण्डवेश्वर स्थित भाटमुड़ा महालक्ष्मी क्षेत्रमा भएको हो। घाइते युवकको पहिचान काङ्कसाको बनकाटी ग्राम पञ्चायत अधिनस्थ डाङ्गाल निवासी प्रसुन बन्द्योपाध्यायको रूपमा भएको छ जो पेशाले केबल अपरेटर हो।

जानकारी मुताविक गए शुक्रवार राति प्रसुन बाइक मार्फत कतै गइरहेको थियो। बाटोको जानकारीको लागि उसले मोबाइलमा गूगप म्यापको सहारा लिरहेको थियो। यसै क्रममा उ पाण्डवेश्वरको भाटमुड़ा महालक्ष्मी क्षेत्रमा पुग्यो। उसलाई अनुमान थिएन कि यो बाटो परित्यक्त खदान क्षेत्र भएर गुज्रिन्छ।

सड़कको एक भाग भत्किसकेको थियो जहाँ गहिरो खाल्डो बनिएको थियो। अँध्यारोमा प्रसुनलाई थाहा भएन जसले गर्दा उ बाइकसितै खाल्डोभित्र पस्यो। यस दुर्घटनामा उ गम्भीर रूपमा घाइते भयो। रातभरि उसको बारेमा केही थाहा नलाग्दा परिवारले पुलिससित सम्पर्क गऱ्यो।

पुलिसले मोबाइल लोकेशनको आधारमा उसलाई खोज्न शुरू गऱ्यो। लोकेशन खदान क्षेत्रमा पाएपछि पाण्डेश्वर पुलिस घटनास्थलमा पुग्यो।

शनिवार बिहान खदानको गहिरो खाड़लमा बाइक लड़िरहेको भेटियो भने केही टाड़ा प्रसुनलाई घाइते अवस्थामा भेटियो। उसलाई बाहिर निकालेर तत्कालै दुर्गापुरको एक निजी अस्पतालमा भर्ती गरियो जहाँ उसको उपचार भइरहेको छ।

जानकारी अनुसार दुर्घटना भएको सड़क पछिल्लो लामो समयदेखिकै बन्द छ। यस स्थितिमा बन्द रहेको सड़का युवक कसरी पुग्यो र उ पूर्ण रूपले गूगल म्यापको निर्देशमा थियो?, यी तमाम प्रश्नहरूको जाँच पुलिसले गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande