
गुवाहाटी, 19 सेप्टेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले शनिवार गुवाहाटीको बशिष्ठस्थित भाजपा मुख्यालयमा रक्तदान गरी लोकप्रिय गायक जुबिन गर्गको पुण्यतिथिमा आयोजित राज्यव्यापी कार्यक्रममा भाग लिए।
डा. सरमा अपरान्हको समयमा भाजपा कार्यालयमा पुगे अनि दिवङ्गत गायकको स्मृतिमा आयोजित रक्तदान शिविरमा आफै रक्तदान गरे।यस अवधि मन्त्री केशव महन्त सहित भाजपाका केही नेता अनि कार्यकर्ताहरू उपस्थित थिए।
मुख्यमन्त्रीले यसअघि घोषणा गरेका थिए, जुबिन गर्गको पुण्यतिथिको अवसरमा 19 सेप्टेम्बरको दिन सारा असमभरि भाजपा कार्यकर्ताहरूद्वारा रक्तदान शिविर आयोजना गरिनेछ। उनले यो पनि भनेका थिए, उनी स्वयं पनि बाजपा कार्यालयमा रक्तदान गर्नेछन्।
शनिवार राज्यका विभिन्न स्थानहरूमा आयोजित रक्तदान शिविरमा भाजपा कार्यकर्ताहरूले भाग लिए। यी कार्यकर्ताहरूको माध्यमबाट जुबिन गर्गको स्मृतिलाई सम्मान दिने प्रयास गरियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा