जयनगरमा भाजपा बूथ अध्यक्षलाई कुटपिट गरेको आरोप
जयनगरमा भाजपा बूथ अध्यक्षलाई कुटपिट गरेको आरोप


कोलकाता, 19 सेप्टेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिन समारोहमा सामेल भएपछि भाजपाका बूत अध्यक्षमाथि कथित रुपमा कुटपिट भएको मामिला प्रकाशमा आएको छ। घटना जयनगर थाना क्षेत्रको खाकुरदह ग्राम पञ्चायत अधिनस्थ नेउतला गाउँमा भएको बताइएको छ। घाइते भाजपा नेताको पहिचान तपन मण्डलको रूपमा भएको छ जो 191 नम्बर बूथका अध्यक्ष हुन्।

आरोप छ, क्षेत्रमा प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिन मनाइएको थियो जसमा सामेल हुनका लागि तपन मण्डल स्थानीय महिलाहरूलाई लिएर पुगेका थिए।भाजपाको आरोप छ, यसैलाई लिएर गए शुक्रवार राती केही मानिसहरूले तपनलाई सड़कमै समातेर उनको गलामा डोरी बाँधेर घिसार्दै फलामको रड र लौरोलो निर्दया पूर्वक कुटपिट गरे। कुपिट गर्दा उनको गुप्ताङ्गमा पनि चोट पुऱ्याएको थप आरोप लगाइएको छ।

यस घटनामा खाकुरदह ग्राम पञ्चायतका तृणमूल सदस्य सैयद अहमद वैद्य उपनाम बड़ी र उनका साथीहरूमाथि आरोप लगाइएको छ। गम्भीर रूपमा घाइते तपनलाई राती नै जयनगर नम्बर एक ब्लकको पद्मेरहाट ग्रामीण अस्पतालमा लगियो जहाँ उनको उपचार भइरहेको छ। त्यसपछि परिवारको पक्षबाट जयनगर थानामा लिखित सिकायत दर्ता गरियो।

पुलिसले सिकायतको आधारमा मामिलाको जाँच शुरू गर्दै आरोपीहरूको खोजीमा छापामारी गरिरहेको छ। घाइते भाजपा बूथ अध्यक्ष लगायत भाजपाका अन्य नेताहरूले आरोपीहरूलाई तत्काल पक्राउ गर्ने माग गरेका छन्।

यता यस मामिलामा आरोपी तृणमूल पञ्चायत सदस्य वा उनीहरूको पक्षबाट हाल कुनै प्रतिक्रिया व्यक्त गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande