उत्तरकन्यामा दार्जीलिङ-कालेबुङको समीक्षा बैठक, विकास कार्य एवं जीटीएमाथि चर्चा भयो
उत्तरकन्यामा दार्जीलिङ-कालेबुङको समीक्षा बैठक, विकास कार्य एवं जीटीएमाथि चर्चा भयो


सिलगढ़ी, 19 सेप्टेम्बर (हि.स.)। उत्तरकन्यामा राज्यका पञ्चायत एवं ग्रामीण विकास मन्त्री दिलीप घोषको नेतृत्वमा शनिवार दार्जीलिङ र कालेबुङ जिल्लालाई लिएर प्रशासनिक बैठक सम्पन्न भयो। बैठकमा पहाड़ अनि डुवर्सको विकास कार्य, पञ्चायतहरूको स्थिति, गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेशन (जीटीए)-को कामकाज अनि कर्मचारीहरूको अभाव सहित केही मुद्दाहरूमा विस्तार पूर्वक चर्चा गरियो।

बैठकपछि पत्रकारहरूसित बातचित गर्दै मन्त्री दिलीप घोषले भने, बैठक सही ढङ्गमा अनि विस्तृत रूपमा भयो। तथापि कतिपय क्षेत्रहरूमा अपेक्षा गरे अनुरूप काम हुन सकेको छैन।उनले भने पहाड़का केही क्षेत्रहरूमा समस्या, जीटीएमा कर्मचारीहरूको अभाव तथा लगातार पानी परेको कारणले विकास कार्यहरूको गति प्रभावित भएको छ।

मन्त्री मुताविक सबै बीडीओसित बातचित गरी समस्याहरूलाई चिन्हित गरिएको छ। आगामी दिनमा विकास कार्य कार्यहरूलाई तीव्रता दिने प्रयास गरिनेछ।

भ्रष्टाचारको आरोपलाई लिएर मन्त्री घोषले भने, अलग-अलग क्षेत्रहरूमा भ्रष्टाचार भएको सिकायत आइरहेको छ। सिकायत प्राप्त भएको लगभग दश प्रतिशत पञ्चायतहरूमा विशेष अडिट गराइँदैछ। उनले जीटीएमा पनि भ्रष्टाचार रहेको दाबी गर्दै भने, कर्चारीहरू तथा पूर्वाधारको अभावलाई समाधान गर्नको लागि कदम उठाइँदैछ।

बैठक पश्चात राज्यको राजनीतिक स्थिति र आगामी उपचुनाउको सन्दर्भमा पनि मन्त्रीसित प्रश्न गरियो। उपचुनाउ अनि दल-बदलको मुद्दामा उनले भने, कुनै पनि उम्मेद्वारले नमाङ्कन दर्ता गर्न सक्नेछन्। अहिले समय धेरै छ। उनले भने, कुनै राजनीतिक दलको आन्तरिक समस्याको जिम्मेवारी भाजपा होइन।

दिलीप घोषले दाबी गरे, बङ्गालका जनता भाजपाबाट विकास चाहन्छन् अनि उपचुनाउको परिणाम पनि यसै दिशामा हुनेछ। उनले भाजपाको ठूलो जीत हुने दाबी गरे। तथापि यसलाई उनको राजनीतिक दाबीको रूपमा हेरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande