बिलासीपारामा महिलाको हत्याले खैलाबैला, पति हिरासतमा
बिलासीपारामा महिलाको हत्याले खैलाबैला, पति हिरासतमा


धुबड़ी (असम), 20 सेप्टेम्बर (हि.स.)। धुबड़ी जिल्लाको बिलासीपारामा एकजना महिलाको हत्या भएको सशङ्कित मामिला प्रकाशमा आएको छ। घटना बिलासीपाराको काजाइकाटा छठे खण्ड गाउँमा भएको हो जहाँ बितेको राती सड़क किनारमा एकजना महिलाको शव भेटियो।

मृतकाको पहिचान हसिना खातूनको रूपमा भएको छ। प्रारम्भिक जानकारीमा आशङ्का व्यक्त गरिएको छ, कुनै अज्ञात व्यक्तिले महिलाको हत्या गरी उसको शवलाई सड़कमा फालेर भाग्यो। घटनाको सूचना पाए लगत्तै घटनास्थलमा पुगेको पुलिसले मामिलाको जाँच शुरू गरेको छ।

पुलिसले घटनाको सम्बन्धमा मृतकाका पति जमर अलीलाई हिरासतमा लिएको छ। हत्याको कारण अनि यसमा सामेल व्यक्तिहरूको बारेमापत्तो लगाउनको लागि पुलिसले अनुसन्धान गरिरहेको छ। मृतकाको शवलाई आवश्यक कानूनी प्रक्रियाको लागि पठाइएको जानकारी प्राप्त भएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande