
गुवाहाटी, 23 सेप्टेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले बुधवार वामन द्वादशीको पावन अवसरमा प्रदेशवासीहरूलाई शुभकामना दिँदै सबैको जीवनमा सुख, शान्ति एवं समृद्धिको कामना गरे।
मुख्यमन्त्रीले सोशल मिडिया पोस्टमा भने, भगवान विष्णुको पाँचौ अवतार वामन अवतारबाट अहङ्कारलाई त्यागेर विनम्रता अप्नाउने, धर्मको मार्गमा हिँड़्ने तथा सत्यप्रति अटुट विश्वास राख्ने प्रेरणा पाइन्छ।
उनले भने, महापुरुष श्रीमन्त शङ्करदेवका रचनाहरू तथा आध्यात्मिक परम्पराहरूमा दशावतारको विशेष महत्व छ। बटद्रवास्थित महापुरुष श्रीमन्त शङ्करदेवको आविर्भाव क्षेत्र परिसरमा भगवान विष्णुका अन्य अवतारहरूसँगसँगै वामन अवतारको प्रतिमा पनि स्थापित गरिएको छ।
मुख्यमन्त्रीले भने, यी प्रतिमाहरू असमको सभ्यता र संस्कृतिका महत्वपूर्ण धरोहर हुन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा