इस्लामपुर पञ्चायत समितिका २० सदस्यद्वारा गोर्खा जनमुक्ति मोर्चालाई समर्थन
गोर्खा जनमुक्ति मोर्चालाई समर्थन


दार्जिलिङ, २३ सेप्टेम्बर (हि.स.)। दार्जिलिङ जिल्लाअन्तर्गत इस्लामपुर पञ्चायत समितिका कुल ३८ सदस्यमध्ये २० जना सदस्यले बुधबार दार्जिलिङको सिंहमारीस्थित गोर्खा जनमुक्ति मोर्चाको केन्द्रिय कार्यालयमा पार्टी अध्यक्ष बिमल गुरुङसँग भेट गरी आफ्नो समर्थन व्यक्त गरेका छन्।

भेटका क्रममा सदस्यहरूले पार्टी अध्यक्ष बिमल गुरुङप्रति आफ्नो आस्था, विश्वास तथा राजनीतिक भरोसा रहेको जनाउँदै गोर्खा जनमुक्ति मोर्चाको नीति, विचार र नेतृत्वप्रति समर्थन व्यक्त गरे।

विशेषगरी तराई क्षेत्रमा बसोबास गर्ने नागरिकहरूको राजनीतिक अधिकार, सुरक्षा, सम्मान तथा समान सहभागिता सुनिश्चित गर्न गोर्खा जनमुक्ति मोर्चाले निरन्तर आवाज उठाउँदै आएको पार्टीले जनाएको छ। आगामी दिनमा पनि यी विषयलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता पार्टीले व्यक्त गरेको छ।

इस्लामपुर पञ्चायत समितिका सदस्यहरूको समर्थनलाई पार्टीले जनताको विश्वास तथा राजनीतिक सहभागिताको महत्वपूर्ण अभिव्यक्तिका रूपमा लिएको जनाएको छ। तराईदेखि पहाडसम्मका सबै नागरिकको अधिकार, सम्मान तथा लोकतान्त्रिक सहभागितालाई केन्द्रमा राख्दै गोर्खा जनमुक्ति मोर्चा आगामी दिनमा अझ सशक्त रूपमा अघि बढ्ने पार्टीको तर्फबाट बताइएको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande