
सोनादा, २३ सेप्टेम्बर (हि.स.)। निम्न सोनादा ठेकेदार संगठनका प्रतिनिधिहरूले विभिन्न विषयमा सुके पोखरी खण्ड विकास अधिकारी तथा सुके पोखरी पञ्चायत समिति सभापतिसँग भेटघाट गरेका छन्।
भेटघाटको मुख्य उद्देश्य सुके पोखरी खण्ड तथा पञ्चायत समिति क्षेत्रअन्तर्गत निम्न सोनादा क्षेत्रमा सञ्चालन हुने विभिन्न विकास कार्यबारे निम्न सोनादा ठेकेदार संगठनलाई पनि समयमै जानकारी उपलब्ध गराउनुपर्ने विषयमा छलफल गर्नु रहेको बताइएको छ। यसबाहेक अन्य विभिन्न विषयमा समेत अधिकारीहरूसँग छलफल गरिएको जानकारी प्राप्त भएको छ।
भेटघाटपछि सुके पोखरी खण्ड विकास अधिकारी तथा पञ्चायत समिति सभापतिले आगामी दिनमा क्षेत्रअन्तर्गत सञ्चालन हुने विकास कार्यहरूबारे निम्न सोनादा ठेकेदार संगठनलाई जानकारी गराउने आश्वासन दिएको बताइएको छ।
भेटघाटका क्रममा निम्न सोनादा ठेकेदार संगठनका प्रतिनिधिहरूको उपस्थिति रहेको सुखदेव राईले जानकारी दिएका छन्।
हिन्दुस्थान समाचार / हनोक