घुम्ती चियाबारीमा बीस प्रतिशत बोनस वितरण
घुम्ती चियाबारीमा बीस प्रतिशत बोनस वितरण


खरसाङ, २३ सेप्टेम्बर (हि.स.)। खरसाङ महकुमाअन्तर्गत घुम्ती चियाबारीका श्रमिकहरूलाई यस वर्ष २० प्रतिशतका दरले पूजा बोनस वितरण गरिएको छ।

घुम्ती चियाबारीका सम्पूर्ण चियाबारी श्रमिकहरूले २० प्रतिशतका दरले पूजा बोनस प्राप्त गरेका छन्। बोनस शान्तिपूर्ण ढंगमा तथा कुनै अशान्ति र विवादबिना वितरण भएकोमा श्रमिकहरूले चियाबारीको मालिक पक्षप्रति आभार व्यक्त गरेका छन्।

श्रमिकहरूले घुम्ती चियाबारीका मालिक, महाप्रबन्धक, सहप्रबन्धक तथा कार्यालयका कर्मचारीहरूका साथै राज्य सरकारप्रति पनि बोनस वितरणमा सहयोग गरेकोमा विशेष धन्यवाद व्यक्त गरेका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande