छऊ नृत्यको माध्यमबाट हेपेटाइटिसप्रति जागरूकता अभियान
छऊ नृत्यको माध्यमबाट  हेपेटाइटिसप्रति जागरूकता अभियान


मेदिनीपुर, 24 सेप्टेम्बर (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाको बेलदामा हेपेटाइटिस रोगप्रति आम मानिसहरूलाई जागरूक गराउने उद्देश्यले जिल्ला स्वास्थ्य विभागले अभिनव पहल गरेको छ। पश्चिम बङ्गाल सरकारको स्वास्थ्य विभागद्वारा बिहिवार बिहान बेलदा र नायारणगढ़का विभिन्न ठाउँहरूमा पुरूलियाको पारम्परिक छऊ नृत्यको माध्यमबाट हेपेटाइटिसको सम्बन्धमा सचेतनामूलक अभियान सञ्चालन गरियो।

अभियानको क्रममा बेलदा सुपर स्पेशियलिटी अस्पताल, नारायणगढ़ हाट औ बेलदा प्रभाती बालिका विद्यापीठमा छऊ नृत्यको विशेष कार्यक्रम आयोजना गरियो। आकर्षक छऊ नृत्यको प्रस्तुतिको माध्यमबाट हेपेेटाइजिसको कारण, सङ्क्रमणदेखि बचाउ तथा जागरूकतासित सम्बन्धित विभिन्न पक्षहरू मानिसहरू समक्ष राखियो।

स्वास्थ्य विभागको यस अभिनव जागरूकता अभियानलाई लिएर स्थानीय मानिसहरूमा पनि ठूलो रूचि देखियो। लोक कलालाई जागरूकता अभियानको माध्यम बनाएर स्वास्थ्य सम्बन्धी सन्देश आम मानिसहरूसम्म सहजै पुऱ्याउनु नै यस कार्यक्रमको मुख्य उद्देश्य रहेको बताइएको छ।

स्वास्थ्यकर्मीहरूले मानिसहरूलाई हेपेटाइटिसप्रति जागरूक रहनका साथै आवश्यक स्वास्थ्य नियमहरूलाई पालन गर्ने सन्देश दिए। लोक संस्कृति एवं स्वास्थ्य जागरूकताको यस मेलले बेलदा-नारायणगढ़का स्थानीय मानिसहरूको ध्यान आकार्षण गऱ्यो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande