मुख्यमन्त्रीले मेगा स्वास्थ्य जाँच शिविरको गरिन् शुभारम्भ
मुख्यमन्त्रीले मेगा स्वास्थ्य जाँच शिविरको गरिन् शुभारम्भ


नयाँ दिल्ली, 24 सेप्टेम्बर (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले बिहिवार शालीमार बाग विधानसभाको हैदरपुरस्थित आयुर्वेदिक अस्पतालमा निःशुल्क मेगा स्वास्थ्य जाँच शिविरको शुभारम्भ गरिन्। उनले भनिन्, स्वस्थ दिल्ली, सशक्त दिल्ली बनाउने हाम्रो सङ्कल्पलाई ‘सेवा सङ्कल्प अभियान’- को माध्यमबाट जन-जनमा पुऱ्याइरहेका छौं।

मुख्यमन्त्रीले सोशल मिडिया अकाउन्ट एक्समा पोस्ट गरी भने, यस स्वास्थ्य जाँच शिविरमा विभिन्न स्वास्थ्य जाँच, विशेषज्ञ चिकित्सकहरूको परामर्श औ आवश्यक स्वास्थ्य मार्गदर्शन एउटै स्थानमा निःशुल्क उपलब्ध छ। उनले क्षेत्रासीहरूसित यस शिविरमा आएर आफ्नो स्वास्थ्य जाँच गराउने अपील समेत गरेकी छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande