
चण्डीगढ़, 24 सेप्टेम्बर (हि.स.)। पञ्जाबमा ग्रेटर मोहाली एरिया डेभलपमेन्ट अथोरिटी (गमाडा)- को पञ्जाब एवं चण्डीगढ़ कार्यालयहरूमा बितेका दुई दिनदेखिको भइरहेको ईडीको छापामारीलाई लिएर राजनीति गर्मिएको छ। ईडीले गए बुधवार राति पञ्जाबका क्याबिनेट मन्त्रीको भाञ्जाको घरमा पनि छापा माऱ्यो भने बिहिवार बिहान पूर्व केन्द्रिय मन्त्री रवनीत बिट्टूले पञ्जाबका एकजना मन्त्री विदेश भागेको दाबी गरे। यसबीज आज आम आदमी पार्टी (आआप)- का कार्यकर्ताहरूले मोहालीस्थित गमाडा कार्यालय बाहिर धरना दिए। पञ्जाब सरकार बुधवार आधा राती उच्च अदातलतमा पनि पुग्यो।
पञ्जाबमा ईडीले पछिल्लो दुई दिनभित्रमा गमाडा समेत केही स्थानहरूमा छापामारी गऱ्यो जसको सत्तारूढ़ दल आम आदमी पार्टीले विरोध गरिरहेको छ। ईडीले गत मङ्गलवार बिहान मोहाली स्थित गमाडा कार्यालयमा आफ्नो कारबाही शुरू गरेको थियो। तथापि यस सम्बन्धमा ईडीले आधिकारिक जानकारी सार्वजनिक गरेको छैन। भनिन्छ, एकजना आईएएस अधिकारीको आवासमा खानतलासी गर्दा प्रचुर मात्रामा नगद भेटिएको छ। यसैको सेक्टर 39-मा पनि छापामारी गरियो जहाँ दिल्लीका पूर्व मन्त्री सत्येन्द्र जैन बस्थे। यसै जाँचको क्रममा बुधवार पञ्जाबका शहरी आवास एवं विकास मन्त्री हरदीप सिंह मुण्डियाँको आफन्त गुरप्रीत सिंह सैनी उपनाम प्रिन्सको लुधियानामा साहनेवालस्थित घरमा पनि ईडीले खानतलासी गऱ्यो।
रिपोर्ट अनुसार त्यहाँ अपरान्ह अढ़ाई बजीदेखि शुरू भएको कारबाही अबेर रातिसम्म चल्यो। यस कारबाहीको कारणले बुधवार अबेर राति नै पञ्जाब सरकार हाई कोर्टमा पुग्यो। हाई कोर्टले ईडीको छापामारीको निगरानी राख्नको लागि वारन्ट अफिसर नियुक्त गऱ्यो। वारन्ट अफिसरलाई घटनास्थलमा गएर छापामारीको स्थितिमाथि निगरानी राख्ने अनि यसको रिपोर्ट अदालतमा पेश गर्ने निर्देश दिइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा