जाली मुद्दा र भोट लुट्ने षड़यन्त्र रचेको आरोप, रेजीनगर थाना बाहिर धरनामा बसे विधायक हुमायुँ कबीर
जाली मुद्दा र भोट लुट्ने षड़यन्त्र रचेको आरोप, रेजीनगर थाना बाहिर धरनामा बसे विधायक हुमायुँ कबीर


कोलकाता, 24 सेप्टेम्बर (हि.स.)। आम जनता उन्नयन पार्टीका अध्यक्ष औ नाओदा विधानसभा सीटबाट विधायक हुमायुँ कबीरले पार्टी कार्यकर्ताहरूलाई झुटो मामिलामा फसाएको अनि मतदाताहरूलाई धम्काएको आरोप लगाउँदै बिहीवार बिहानदेखि अचानक रेजीनगर थाना अगाड़ि धरनामा बसे।

सूत्र अनुसार गए बुधवार राति रेजीनगर थाना पुलिसले रामपाड़ा-1 ग्राम पञ्चायतका सदस्य औ हुमायुँका निकटवर्ती मानिने सैफुल इस्लामलाई पक्राउ गरेको थियो। यस पक्राउको तत्कालैपछि विधायकले थाना अगाड़ि विरोध प्रदर्शन गर्ने निर्णय लिए। हुमायुँ कबीरको दाबी छ, वर्तमानमा उनको पार्टीका लगभग 15 जना नेताहरू पुलिसद्वारा लगाइएको जाली आरोपहरूमा जेलभित्र थुनिएका छन्।

धरनामा बसेका विधायकले पुलिस प्रशासनमाथि गम्भीर आरोप लगाउँदै भने, भाजपाको निर्देशमा रेजीनगर, शक्तिपुर औ बेलडाङ्गा थानाको पुलिसले आगामी 6 अक्टोबरमा हुन गइरहेको उपचुनाउमा संयुक्त रूपमा भोट लुट्ने षड़यन्त्र रचिरहेको छ। उनले दाबी गरे, पुलिसकर्मीहरूले घरमा-घरमा गए मुस्लिम परिवारहरूलाई धम्काइरहेका छन् भने उनीहरूलाई मतदान सम्पन्न हुञ्जेलसम्म आफ्नो घर छोड़ेर जाने दबाव दिरहेका छन्।

चुनाव आयोगसित कड़ा कारबाही गर्ने माग गर्द कबीरले भने, रेजीनगर, शक्तिपुर औ बेलडाङ्गा थानाका प्रभारी अधिकारीहरूलाई तुरून्तै उनीहरूको पदबाट हटाउने अनुरोध कैयौं पटक गरिसकिएको छ ताकि क्षेत्रमा शान्तिपूर्ण र निष्पक्ष चुनाउ सुनिश्चित हुन सकोस्। उनले आरोप लगाए, पुलिसले खुल्ला रूपमा मानिसहरूलाई धम्की दिरहेको छ कि उनीहरूले आम जनता उन्नयन पार्टीलाई समर्थन नगरून्।

विधायकले स्पष्ट पारे, आफ्नो धरना अपरान्हसम्म जारी रहनेछ, त्यसपछि फेरि साँझको समयदेखि धरनामा बस्नेछन्। उनले यो पनि स्पष्ट पारे, यस विरोध प्रदर्शनमा उनले आफ्नो पार्टीका कुनै पनि कार्यकर्ताहरूलाई सामेल गरिरहेका छैनन् ताकि पुलिसले उनीहरूलाई लक्ष्य नबनाओस्। कबीरले खुल्ला चुनौती दिँदै भने, यदि पुलिसले उनलाई पक्राउ गर्न चाहन्छ भने उनीविरूद्ध मामिला दर्ता गर्नुपर्छ जसको निम्ति पुलिस स्वतन्त्र छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande