प्रीतिलता वाद्देदारको पुण्यतिथिमा मुख्यमन्त्री शुभेन्दु अधिकारीले दिए श्रद्धाञ्जली
प्रीतिलता वाद्देदारको पुण्यतिथिमा मुख्यमन्त्री शुभेन्दु अधिकारीले दिए श्रद्धाञ्जली


कोलकाता, 24 सेप्टेम्बर (हि.स.)। स्वतन्त्रता सङ्ग्रामकी वीराङ्गना प्रीतिलता वाद्देदारको आत्मबलिदान दिवसमा पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले उनलाई श्रद्धाञ्जली अर्पण गरे। मुख्यमन्त्रीले बिहिवार बिहान समाज माध्यममा पोस्ट गरी प्रीतिलता वाद्देदारलाई नमन गरे।

मुख्यमन्त्रीले आफ्नो पोस्टमा लेखे, “स्वतन्त्रता सङ्ग्रामकी वीराङ्गना प्रीतिलता वाद्देदारको आत्मबलिदान दिवसमा विनम्र श्रद्धा़्जली।”

प्रीतिलता वाद्देदारको जन्म 5 मई, 1911-मा चटगाउँमा भएको थियो। ढाकाको इडेन कलेज एवं कोलकाताको बेथुन कलेजबाट शिक्षा प्राप्त गरेकी ।प्रीतिलता पछि सूर्यसेनको नेतृत्वाधिन क्रान्तिकारी सङ्गठनसित आवद्ध भइन्। 23 सेप्टेम्बर, 1932- को रात चटगाउँको पहाड़तली यूरोपियन क्लबमा भएको क्रान्तिकारी अभियानको नेतृत्व उनले गरेकी थिइन्। यस अवधि घाइते भएपछि पक्राउदेखि बच्नको लागि उनले विष सेवन गरिन्। 24 सेप्टेम्बर, 1932-मा 21 वर्षको अल्पायुमै उनको निधन भयो।

प्रीतिलता वाद्देदारलाई भारतीय स्वतन्त्रता आन्दोलनमा साहस एवं बलिदानको लागि स्मरण गरिन्छ।भारत सरकारको स्वतन्त्रताको अमृत महोत्सव सम्बन्धी अभिलेखमा पनि उनलाई बङ्गालको क्रान्तीकारी आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने महिलाको दर्जा दिइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande