सपा रायबरेलीमा शक्ति प्रदर्शन गरेर कङ्ग्रेसलाई आफ्नो हैसियत देखाउन चाहन्छ: राकेश त्रिपाठी
सपा रायबरेलीमा शक्ति प्रदर्शन गरेर कङ्ग्रेसलाई आफ्नो हैसियत देखाउन चाहन्छ: राकेश त्रिपाठी


लखनऊ, 24 सेप्टेम्बर (हि.स.)। समाजवादी पार्टी (सपा) का राष्ट्रिय अध्यक्ष एवं उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री अखिलेश यादवको रथ यात्रालाई लिएर अहिलेघरि उत्तर प्रदेशको राजनीतिमा बयानबाजी तीव्र भएको छ। भारतीय जनता पार्टी (भाजपा) का प्रदेश प्रवक्ता राकेश त्रिपाठीले बिहीवार सपाको यस यात्रामाथि चर्को कटाक्ष गर्दै यसलाई कङ्ग्रेसलाई आफ्नो 'हैसियत' देखाउने प्रयास बताए।

राकेश त्रिपाठीले भने, सपा अध्यक्ष अखिलेश यादवले सुनियोजित ढङ्गमै आफ्नो यात्रा रायबरेलीबाट शुरू गरिरहेका छन् जहाँबाट राहुल गान्धी सांसद छन्। उनले दाबी गरे, सपाले त्यहाँ आफ्नो शक्ति प्रदर्शन गरेर कङ्ग्रेसलाई उसको धरातलीय स्थिति र हैसियत देखाउन चाहन्छ।

भाजपा प्रवक्ताले अझ भने, सपा र कङ्ग्रेस गठबन्धनमा अहिलेघरि व्यापक तानातान भइरहेको अवस्था छ। उनले कङ्ग्रेसलाई सुझाउ दिँदै भने, यदि उनीहरूको हिम्मत छ भने आफ्नो चुनाउ प्रचार अभियान अखिलेश यादवको गढ़ अर्थात कन्नौज र मैनपुरीबाट शुरू गरेर देखाउन्।

भाजपा प्रवक्ताले भने, सपा मुखिया अब आफ्नो पारम्परिक साइकललाई छोड़ेर रथमा सवार भइरहेका छन् जसले उनको बद्लिँदो राजनीतिलाई दर्शाउँछ। राकेश त्रिपाठीले अखिलेश यादवलाई सल्लाह दिए, उनले रथमा सवार भएर रायबरेली जाँदा बाटोमा योगी सरकारद्वारा विकास गरिएको एक्सप्रेसवे र आधारभूत ढाँचाहरूलाई पनि ध्यान पूर्वक हेर्दै जाउन्।

उल्लेख्य, समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष एवं पूर्व मुख्यमन्त्री अखिलेश यादवले बिहीवार लखनऊदेखि रायबरेलीसम्म चुनावी रथ यात्रा निकालेर अभियान शुरू गर्न गइरहेका छन्। चुनावी रथ मार्फत रायबरेलीमा पुगेपछि अखिलेश धेरै वटा कार्यक्रमहरूमा सामेल हुनेछन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande