तटीय क्षेत्रहरूमा चक्रवाती तूफान आउने सम्भावना, मुसलधारे पानीले सुन्दरवनमा बढ़ायो सतर्कता
तटीय क्षेत्रहरूमा चक्रवाती तूफान आउने सम्भावना, मुसलधारे पानीले सुन्दरवनमा बढ़ायो सतर्कता


कोलकाता, 24 सेप्टेम्बर (हि.स.)। पश्चिम बङ्गालका समुद्र तटीय क्षेत्रहरूमा चक्रवाती तूफान आउने सम्भावना देखिएको छ। तथापि अहिलेसम्म सोझै रूपमा तूफानको सामना गर्न नपरे पनि बिहानदेखिकै आकाश कालो बादलले ढाकेको छ। कतिपय स्थानहरूमा मुसलधारे पानी पर्न थालिसकेको छ। निम्न दबावको प्रभावले दक्षिण 24 परगनाका तटीय क्षेत्रहरूमा वर्षासितै तीव्र झोकादार हावाको प्रभाव बढ़्ने आशङ्का व्यक्त गरिएको छ।

मौसम विभागद्वारा जारी चेतावनीलाई ध्यानमा राखेर सुन्दरवनका विभिन्न क्षेत्रहरूमा निगरानी बढ़ाइएको छ। नदी घाट तथा महत्वपूर्ण स्थानहरूमा प्रशासनले माइकिङ्गको माध्यमबाट मानिसहरूलाई सतर्क गराइरहेको छ। मथुरापुरा तटीय थानाको पुलिसले पनि नदी घाटसित संलग्न क्षेत्रहरूमा माइकिङ्ग गरी आम मानिसहरूलाई सतर्क गराइहेको छ।

यस अतिरिक्त क्यानिङ्ग बस स्ट्याण्ड क्षेत्रमा पनि गए रातीदेखि बिहानसम्मै माइकिङ्ग गरेर मानिसहरूलाई सतर्क गरियो। गङ्गासागर सहित समुद्र तटीय क्षेत्रहरूका विभिन्न ठाउँहरूमा पनि प्रशासनद्वारा होशियारी अप्नाउने आग्रह गर्दै प्रचार शुरू गरिएको छ। प्रशासनले सर्वसाधारण मानिसहरूलाई अनावश्यक रूपमा नडराउने तथा सतर्क बस्ने अपील गरेको छ।

निम्न दबावको प्रभावले नदी मार्गहरूमा तीव्र हावासँगसँगै पानी पर्ने प्रबल सम्भावना रहेकोले नौका अनि फेरी सेवाहरू प्रभावित हुने आशङ्का व्यक्त गरिएको छ। प्रशासनले स्थितिमाथि लगातार नजर राखिरहेको छ। मछुआराहरू र नदी मार्ग भएर यात्रा गर्नेहरूलाई मौसमको स्थितिमाथि नजर राख्ने अनि आवश्यक सतर्कता अप्नाउने सल्लाह दिइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande