जीटी रोड र बसको रूटमा अब टोटो चल्नेछैन
जीटी रोड र बसको रूटमा अब टोटो चल्नेछैन


कोलकाता, 24 सेप्टेम्बर (हि.स.)। पश्चिम बङ्गालमा टोटो र ई-रिक्शाको परिचालन सम्बन्धी परिवहन विभागले अब कड़ा कदम उठाएको छ। जीटी रोड सहित नियमित रूपमा बस परिचालन हुने मार्गहरूमा पनि अब टोटो वा ई-रिक्शा चल्नेछैन। प्रतिबन्धित मार्गहरूमा टोटोको परिचालनलाई रोक्नको लागि परिवहन विभागले पुलिसलाई आवश्यक कारबाही गर्ने निर्देश दिएको छ।

परिवहन विभागले बिहीवार पुलिस प्रशासनलाई निर्देश जारी गरी भनेको छ, जीटी रोड समेत बसको रूट तथा अन्य प्रतिबन्धित प्रमुख सड़कहरूमा टोटोको परिचालनलाई तत्काल रोकियोस्। विभागको निर्देशपछि जिल्लामा पुलिस अनि सम्बन्धित अधिकारीहरूलाई आ-आफ्नो क्षेत्रमा नियमहरूलाई कड़ाई पूर्वक पालन गराउन भनिएको छ। विभागको भनाइ छ, प्रतिबन्धित सड़कहरूमा टोटो चल्नाले यातायात जामसँगसँगै दुर्घटनाहरूको जोखिम पनि बढ़िरहेको छ।

उल्लेखनीय छ, परिवहन विभागका प्रधान सचिव रवि इन्दर सिंहले यसअघि अगस्तमा राज्य पुलिसका डीजीलाई पत्राचार गरी आवश्यक कारबाही गर्ने आग्रह गरेका थिए। पत्रमा वर्ष 2014-को केन्द्रिय गाइडलाइनको आधारमा बताइएको थियो, ई-रिक्शा वा टोटोको प्रयोग मुख्य रूपमा ‘लास्ट माइल कनेक्टिभिटी’, अर्थात कम दूरत्वको यत्राको लागि गर्नुपर्छ।

परिवहन विभागले पुलिस अधिकारीहरूलाई निर्देश दिएको छ, उनीहरूले आ-आफ्नो क्षेत्रका प्रतिबन्धित सड़कहरूमा निगरानी राखेर टोटो चलाउनदेखि रोक लगाउन्। विशेष गरी जीटी रोटमा टोटोको अवैध परिचालनलाई रोक्नको लागि कड़ाई गरियोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande