ओमानको तट निकट मालवाहक जहाजमा हमला, दोवरियाका सुरजको मृत्यु
ओमानको तट निकट मालवाहक जहाजमा हमला, दोवरियाका सुरजको मृत्यु


देवरिया, 24 सेप्टेम्बर (हि.स.)। ओमानको तट निकट भारत आइरहेको मालवाहक जहाज एमवी केप दाओमाथि गए बुधवार भएको हमलामा परी देवरियाका सुरज यादवको मृत्यु भयो। भारतीय दूतावास, मस्कटले एकजना भारतीय नागरिकको मृत्यु भएको पुष्टि गरेको छ। दूतावासले ओमानी अधिकारीहरूसित मिलेर जहाजमा सवार भारतीयहरूको सुरक्षा एवं मृतकको पार्थिव शरीरलाई भारतमा ल्याउने प्रक्रियामा समन्वय गरिरहेको छ।

फरवर्ड सीमेन्स यूनियन अफ इण्डिया (एफएसयूआई) ले मृतकको पहिचान गौरी बजार थाना क्षेत्रको कर्मजीतपुर गाउँ निवासी सुरज यादवको रूपमा गरेको छ। यूनियन अनुसार सूरज जहाजमा वाइपरको पदमा तैनात थिए। जहाजमा 28 जना क्रू सदस्य सवार थिए जसमा 20 जना भारतीयहरू रहेको जानकारी एफएसयूआईले दिएको छ। यद्यपि भारतीय दूतावासको शुरुआती जानकारीमा 19 जना भारतीय नागरिकहरूको उल्लेख थियो।

ओमानी अधिकारीहरू मुताविक हमलापछि जहाजको इञ्जिन रूममा आगो लाग्यो। रोयल नेभी अफ ओमानले 27 जना क्रू सदस्यहरूलाई सुरक्षित बाहिर निकालेर चिकित्सा सहायता उपलब्ध गरायो। केन्द्रिय मन्त्री सर्बानन्द सोनोवालले पनि सुरज यादवको मृत्युमा शोक व्यक्त गरेका छन्। उनले बताए, सुरजको शीरमा चोट लागेको थियो। उनको पार्थिव शरीरलाई ससम्मान भारतमा ल्याउनको लागि आवश्यक कदम उठाइँदैछ।

एफएसयूआईले दाबी गरेको छ, जहामा दुई टरपिडोबाट हमला भएको थियो। तथापि हमलाको श्रोत र यसको लागि जिम्मेवार पक्षको स्वतन्त्र रूपमा आधिकारिक पुष्टि भएको छैन। त्यसैले टरपिडो हमलाको दाबी हाल यूनियनको बयानको रूपमा मात्र सार्वजनिक भएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande