नगाउँमा भयानक सड़क दुर्घटना, वाहनभित्र जिउँदै जले दुई जना मानिसहरू
नगाउँमा भयानक सड़क दुर्घटना, वाहनभित्र जिउँदै जले दुई जना मानिसहरू


नगाउँ (असम), 24 सेप्टेम्बर (हि.स.)। असमको नगाउँ जिल्ला अन्तर्गत पुरनीगुदाममा बिहीवार भएको एक पीड़ादायी दुर्घटनामा दुई जना मानिसहरूको वाहनभित्रै जलेर मृत्यु भयो भने अन्य दुई जना गम्भीर रूपमा घाइते भयो।

प्रारम्भिक जानकारी अनुसार अरुणाचल प्रदेशको पञ्जीकरण नम्बर- एआर 01 डब्ल्यू 5107 भएको द्रूत गतिको वाहन डिभाइडरमा रहेको स्ट्रीट लाइटको खम्बासित ठोक्कियो। ठक्करपछि वाहनमा अचानक आगो लाग्यो। हेर्दा-हेर्दै ह्वार-ह्वारती आगो बल्न थाल्यो।

आगोको चपेटमा परी वाहनभित्र फसेका दुई जना मानिसहरूको घटनास्थलमै मृत्यु भयो। घाइते मानिसहरूलाई गम्भीर अवस्थामा उपचारको लागि अस्पतालमा लगियो। मृतक अनि घाइतेहरूको पहिचान तथा दुर्घटनाको कारण सम्बन्धी विस्तृत जानकारीको प्रतीक्षा।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande