साम्ड्रुप्चेमा जारी पवित्र वज्र गुरु ढोङद्रुपमा राजकुमार पाल्देन ग्युर्मेद नामग्याल सहभागी
साम्ड्रुप्चेमा जारी पवित्र वज्र गुरु ढोङद्रुपमा राजकुमार पाल्देन ग्युर्मेद नामग्याल सहभागी


नाम्ची, २४ सेप्टेम्बर (हि.स.)। राजकुमार पाल्देन ग्युर्मेद नामग्यालले आज नाम्चीको साम्ड्रुप्चेमा जारी पवित्र वज्र गुरु ढोङद्रुपमा सहभागिता जनाए। यस अवसरमा नाम्ची नगरपालिकाका अध्यक्ष गणेश राई, वार्ड पार्षदहरू तथा आयोजक समितिले उनलाई न्यानो स्वागत गरे।

राजकुमारले वज्र गुरु मन्त्रको पवित्र सामूहिक जपमा सहभागी हुँदै शान्ति, सद्भाव तथा सम्पूर्ण प्राणीहरूको कल्याणका लागि प्रार्थना गरे। पवित्र मन्त्रजपपछि राजकुमारलाई गुम्बास्थित काङ्सो ल्हागाङमा लगियो, जहॉं उनले शान्ति, सुख, सद्भाव तथा समृद्धिका लागि श्रद्धापूर्वक प्रार्थना गर्दै सम्पूर्ण प्राणीहरूको कल्याणका लागि आशीर्वाद मागे।

त्यसपछि राजकुमार संयुक्त राज्य अमेरिकातर्फ प्रस्थान गरेको बताइएको छ। पवित्र धार्मिक समारोहमा उनको गरिमामय उपस्थिति तथा सहभागितालाई आयोजक समिति र श्रद्धालुहरूले विशेष रूपमा स्मरणीय मानेका छन्। उनको भ्रमणलाई आध्यात्मिक दृष्टिले महत्वपूर्ण क्षणका रूपमा लिइएको छ, जसले उपस्थित सबैमा आशीर्वाद तथा प्रेरणा प्रदान गरेको जनाइएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande