
कोलकाता, 3 सेप्टेम्बर (हि.स.)। कोलकाताको कम्याक स्ट्रीटस्थित अभिषेक ब्यानर्जीको तृणमूल कङ्ग्रेस कार्यालयमा बिहीवार सवेरै तोड़फोड़ तथा कर्मचारीहरूमाथि कुटपिट गरेको आरोप लगाइएको छ। तृणमूल कङ्ग्रेस नेता अभिषेक ब्यानर्जीले यस हमलाको पछाड़ि भाजपाका मानिसहरूको हात रहेको आरोप लगाएका छन्। तर भाजपा विधायक सजल घोषले उक्त आरोपलाई खारेज गर्दै घटनालाई पूर्ण रूपले षड़यन्त्र र देखावटी बताएका छन्।
अभिषेक मुताविक बिहीवार बिहान लगभग साढ़े चार बजे केही मानिसहरू हतियारसितै पार्टी कार्यालयभित्र पसे अनि त्यहाँका फर्नीचर सहित अन्य सामग्गरीहरू तोड़फोड़ गरिदिए। कार्यालयमा उपस्थित कर्मचारीहरूसित कुटपिट गर्नका साथै उनीहरूको मोबाइल फोन पनि खोसेको आरोप लगाइएको छ। पार्टीको दाबी छ, कार्यालयबाट एयर प्यूरिफायर, प्रिन्टर, टेलीभिजन औ अन्य इलेक्ट्रनक सामानहरू पनि लिएर गएका छन्।
तृणमूल कङ्ग्रेसका राष्ट्रिय महासचिव अभिषेक ब्यानर्जीले घटनालाई लिएर कड़ा प्रतिक्रिया व्यक्त गरे। उनले घटनाको सीसीटीभी फुटेज जारी गर्दै आरोपीहरूलाई तत्काल पक्राउ गर्ने माग गरे। तथापि फुटेजको स्वतन्त्र रूपमा पुष्टि भएको छैन।
अभिषेक ब्यानर्जीले सोशल मिडियामा भने, पार्टीका कार्यकर्ताहरू अनि वकिलहरूले बारम्बार फोन तथा ई-मेलको माध्यमबाट पुलिसलाई घटनाको जानकारी दिएको भए पनि पुलिसले कुनै प्रतिक्रिया देखाएको छैन। उनले यसलाई अत्यन्त निन्दनीय बताउँदै पुलिसको भूमिकामाथि प्रश्न उठाए।
अभिषेकले मामिलाको पूर्ण जाँच गर्ने माग गर्दै भने, यो पत्तो लगाउनुपर्छ कि हमलाको योजना कसले बनायो, यसलाई कसले सङ्गठित गऱ्यो र कसको निर्देशमा यो घटना भयो। उनले यो पनि प्रश्न उठाए, बारम्बार सूचना दिएको भए पनि पुलिसले समयमा कारबाही किन गरेन?
यता बरानगरबाट भाजपा विधायक सजल घोषले तृणमूलका आरोपहरूलाई खारेज गर्दै भने, यस घटनामा भाजपाको कुनै पनि व्यक्ति सामेल छैन। उनले प्रश्न उठाए, बिहान साढ़े चार बजे तृणमूल कार्यकर्ताहरूले कार्यालयमा के गरिरहेका थिए? सजल घोषले आरोप लगाए, प्रचार पाउनको लागि यो घटना स्वयं तृणमूलले गराएको हो।
तृणमूलले घटनालाई सुनियोजित बताउँदै भन्यो, अभिषेक ब्यानर्जी गए बुधवार राती दिल्ली तर्फ प्रस्थान भएका थिए। उनी शहरमा नभएको जानकारी पाएपछि नै उपद्रवीहरूले कार्यालयलाई लक्षित गरेका हुन्।
कम्याक स्ट्रीटस्थित यो कार्यालय पछिल्लो केही दिनदेखिको लगातार चर्चामा छ। गए सप्ताह कोलकाता नगरनिगमका अधिकारीहरू पुलिस कर्मीहरूको साथमा त्यहाँको एउटा तृणमूलको नाम लेखिएको बिलबोर्डलाई हटाउनको लागि गएका थिए। निगमको आरोप थियो, बिलबोर्ड अवैध रूपमा लगाइएको थियो र खतरनाक स्थितिमा झुण्डिरहेको थियो। यस अवधि तृणमूल नेता र कार्यकर्ताहरूले नगरनिगमका कर्मचारीहरूको काममा बाधा दिएको आरोप लागेको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा