पूजा अगावै राज्य चुनाउ आयोगले पूरा गर्नुपर्छ सबै तयारीः निर्वाचन आयोग
पूजा अगावै राज्य चुनाउ आयोगले पूरा गर्नुपर्छ सबै तयारीः निर्वाचन आयोग


कोलकाता, 03 सेप्टेम्बर (हि.स.)। दुर्गा पूजापछि कुनै पनि समय राज्यमा नगरनिगम तथा नगरपालिका चुनाउ गराउन सक्नेछ। यस सन्दर्भमा राज्यको निर्देशमा कोलकातास्थित निर्वाचन आयोग कार्यालयमा गए बुधवार साँझ एक उच्चस्तरीय भर्चुअल बैठक आयोजना गरियो। राज्य चुनाउ आयुक्त कृष्णा गुप्ताको अध्यक्षतामा सम्पन्न भएको बैठकमा स्पष्ट रूपमा भनियो, पूजापूर्व चुनाउसित सम्बन्धित सबै तयारीहरू पूरा गरियोस्।

यति मात्र नभई स्वतन्त्र एवं शान्तिपूर्ण नगरनिकाय चुनाउ सम्पन्न गराउनको लागि कति सङ्ख्यामा पुलिस बलको आवश्यकता पर्छ, त्यसलाई लिएर राज्य चुनाउ आयोगले 6 वटा जिल्लाहरूका जिल्लाधिकारीहरूबाट जानकारी मागेको छ।

यस महत्वपूर्ण बैठकमा दार्जीलिङ, कालेबुङ, जलपाईगुड़ी, दक्षिण 24 परगना, हावड़ा औ पूर्व मेदिनीपुरका जिल्लाधिकारी तथा डिस्ट्रिक्ट म्यूनिसिपल इलेक्शन अधिकारीहरूको उपस्थिति रहेको थियो।

आयोगको सूत्र अनुसार बैठकमा मुख्य रूपमा नगर क्षेत्रहरूको नयाँ सीमा निर्धारण प्रक्रिया, सीट आरक्षण, ईभीएम प्रबन्धन, अन्तिम मतदाता सूची तयार गर्ने, मतदान केन्द्रहरूको चयन औ पर्याप्त सङ्ख्यामा मतदान कर्मीहरूको नियुक्तिसित सम्बन्धित ढाँचाको समीक्षा गरियो।

तथापि राज्य विधानसभा चुनाउमा प्रयोग गरिएका ईभीएम मशिनहरूबाटै नगरनिकाय चुनाउ गराइनेछ वा नयाँ तकनिक भएको ईभीएमलाई ल्याइनेछ, यस सम्बन्धमा अहिलेसम्म कुनै अन्तिन निर्णय लिइएको छैन।

ईभीएमको उपलब्धताको आधारमा राज्यका सबै नगरपालिकाहरूमा थाँतीमारहेको चुनाउ एकै दिनमा सम्पन्न गराइनेछ वा केही चरणहरूमा, यसलाई लिएऱ पनि यस शुरूआती बैठकमा कुनै निश्चित निर्णय लिइएन। चुनाउ थाँतीमा रहेका महत्वपूर्ण नगरपालिका अनि नगरनिगमहरूमा पाँचवटा प्रमुख नगरगिम कर्पोरेशन सामेल छन् जसमा कोलकाता, हावड़ा, विधाननगर, दुर्गापुर औ सिलीगुड़ी प्रमुख हुन् भने उत्तर बङ्गाल र पहाड़ी क्षेत्रहरूमा खरसाङ, मिरिक, कालेबुङ, रायगञ्ज, बुनियादपुर र धूपगुड़ीमा पनि चुनाउ भएकै छैैन। यस अतिरिक्त बाली, डोमकल, पुजाली, पाँशकुड़ा, हल्दिया, नदियाको कूपर्स क्याम्प र नलहाटी समेत केही अन्य नगर निकायहरूमा पनि चुनाउ हुनुछ।

यद्यपि यस बैठकमा चुनावी कार्यक्रमको मसौदासित सम्बन्धित केही महत्वपूर्ण समय-सीमा निर्धारित गरिएको छ। आयोग सूत्रानुसार आगामी सेप्टेम्बर महिनाको मध्यसम्ममा सीट आरक्षणको प्रारम्भिक सूची प्रकाशित गर्नसक्छ।

त्यसपछि प्राप्त हुने सबै आपत्तीहरूको समीक्षा गरिनेछ अनि अक्टोबर महिनाको अन्तिम सप्ताहसम्ममा आरक्षणको अन्तिम सूची तया गर्ने लक्ष्य राखिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande