
झाड़ग्राम, 02 सेप्टेम्बर (हि.स.)। झाड़ग्राम जिल्लाको साङ्कराइल खण्ड अधिनस्थ कुलटिकरी बजारमा गए बुधवार अबेर साँझ पुलिसले अभियान लञ्चालन गऱ्यो। सङ्कराइल थानाका प्रभारी अधिकारी सौमेन सिन्हा महापात्रको नेतृत्वमा पलिसको टीमले बजारका केही मिठाई पसल र किराना पसलहरूको निरीक्षण गऱ्यो।
पुलिसले मिठाई पसलहरूमा मिठाईको गुणस्तर, बासी वा सड़िएको मिठाई राखिएको छ-छैन, पसलको सर-सफाई तथा खाद्य सामग्रीहरूको रखरखाउ आदि बारे जानकारी लियो। पसलेहरूलाई मिठाई अनि तारेको खाद्य पदार्थहरूलाई ढाकेर राख्ने अनि पसल सफा राख्ने निर्देश दिइयो।
अभियानको क्रममा पुलिसले बजारमा यातायात व्यवस्थाको पनि जायजा लियो। यस अवधि पसल अगाड़ि ग्राहकहरूले साइकल, मोटरसाइकल आदि राख्नाले बाटोमा हिँड़्न अप्ठ्यारो पर्ने कुरा थाहा लाग्यो। पुलिसले पसले अनि ग्राहकहरूलाई सड़क अथवा पसल अगाड़ि वाहन राखेर यातायातलाई बाधित नगर्ने अपील गरे। यदि यो निर्देशलाई पालन गरिएन भने जरीमाना पनि लगाउन सकिने चेताउनी पुलिसले दियो।
किराना पसलहरूको जाँच गर्दै पुलिसले चीनको मूल्य, उपलब्ध भण्डार, विभिन्न वस्तुहरूको मात्रा अनि बिक्रीसित सम्बन्धित जानकारी लियो। पसलेहरूसित धेरै वटा बिन्दुहरूमा जाँचबुझ गरियो। पुलिसले मिठाई बनाउनमा प्रयोग हुने खाद्य रङ्गको बिक्री र त्यसको उपयोग बारे जानकारी लियो। यस्ता खाद्य रङ्गहरूको प्रयोग निर्धारित नियमानुसार गरिएको छ कि छैन, त्यसको पनि जाँच गरियो।
पुलिस सूत्र अनुसार खाद्य विभागसित समन्वय गरी आगामी दिनमा साङ्कराइल खण्डका अन्य बजारहरूमा पनि यस्तो अभियान चलाउन सक्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा