लल्लु मुखियाली सिलगढ़ीबाट समातियो, चार हप्तादेखि भागेको थियो
लल्लु मुखियाली सिलगढ़ीबाट समातियो, चार हप्तादेखि भागेको थियो


किशनगञ्ज, 03 सेप्टेम्बर (हि.स.)। पौआखाली नगर पञ्चायत अध्यक्ष प्रतिनिधि अहमद हुसैन उपनाम लल्लु मुखियालाई पुलिसले दुष्कर्मको मामिलामा पश्चिम बङ्गालको सिलगढ़ीबाट पक्राउ गऱ्यो। आरोपी लगभग पछिल्लो चार हप्तादेखि भागेको थियो। पुलिसले गुप्त सूचना र मोबाइल लोकेशनको आधारमा कारबाही गर्दै उसलाई एक होटलबाट पक्राउ गऱ्यो।

पुलिस अधीक्षक सन्तोष कुमारको निर्देशमा एसडीपीओ-2 मनोज कुमार सिंहको नेतृत्वमा विशेष जाँच दल (एसआईटी) गठन गरिएको थियो। दलले आऱोपीलाई पक्राउ गर्नको लागि लगातार सम्भावित ठेगानाहरूमा छापामारी गरिरहेको थियो। यसै क्रममा पुलिसलाई सूचना प्राप्त भयो, लल्लु मुखिया सिलगढ़ीको एउटा होटलमा लुकेर बसेको छ। मोबाइल लोकेशनको सूचनाको पुष्टि भएपछि एसआईटीले छापामारी गरी आरोपीलाई समात्यो।

एसडीपीओ-2 मनोज कुमार सिंहले बताए अनुसार आरोपीले पक्राउदेखि बच्नको लागि लगातार आफ्नो ठेगाना परिवर्तन गरिरहेको थियो। उसले न्यायालयमा अग्रिम जमानतको लागि याचिका पनि दर्ता गरेको थियो जसलाई न्यायालयले खारेज गरिदियो। त्यसपछि पुलिसले उसलाई पक्राउ गर्ने अभियानलाई तीव्रता दियो।

मामिला पौआखाली थाना क्षेत्रसित सम्बन्धित छ। एकजना महिलाले लल्लु मुखियामाथि पञ्चायतको बहानामा लगेर दुष्कर्म गरेको आरोप लगाउँदै पौआखाली थानामा प्राथमिकी दर्ता गराएकी थिई। प्राथमिकी अनुसार गत 28 जुलाईको राती महिला, उसको पति र छोरा-छोरी सहित सम्बन्धित विवादलाई सुल्झाउने नाममा वाहन मार्फत लगियो अनि बाटोमा उसको पतिलाई नशालु पदार्थ खुवाएर बेहोश बनाइयो, त्यसपछि उसलाई किशनगञ्जको एक होटलमा लगेर उसित बलजफ्ती दुष्कर्म गरियो। पीड़िताले विरोध गर्जा ज्यानमारा धम्की दिइएको आरोप पनि महिलाले लगाएकी छे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande