गङ्गाको तीव्र प्रवाहबाट मालदा जिल्लाको केशरपुर कालोटोन टोला बाँध भत्कियो
गङ्गाको तीव्र प्रवाहबाट मालदा जिल्लाको केशरपुर कालोटोन टोला बाँध भत्कियो


मुर्शिदाबाद, 03 सेप्टेम्बर (हि.स.)। पश्चिम बङ्गालको मालदा जिल्लाको भुतनी क्षेत्रमा गङ्गा नदीको तीव्र जलप्रवाहका कारण केशरपुर कालोटोन टोलाको पुरानो ठूलो बाँध भत्किएपछि पानी आवासीय क्षेत्रमा द्रूत गतिमा पसिरहेको छ। बाँधको लगभग 20 मीटर भागलाई नदीले पूर्ण रूपमा बगाएको छ जसले गर्दा स्थानीय मानिसहरूमा सन्त्राष फैलिएको छ।

भनिन्छ, सिचाइ विभागको पक्षबाट विधायकको निर्देशमा त्काल तीन-चार मीटरको एउटा अस्थायी बाँध बनाइएको छ ताकि गङ्गाको पानीको तीव्र धारालाई रोक्न सकियोस्। तथापि स्थानीय मानिसहरू र वापन्थी नेताहरूले आरोप लगाएका छन्, गङ्गाको जलस्तर लगातार बढ़िरहेको स्थितिमा यो अस्थायी बाँध पनि धेर दिनसम्म टिक्न सक्दैन।

आशङ्का व्यक्त गरिँदैछ, यदि अस्थायी बाँध भत्कियो भने मालदा जिल्लाको भुतनी क्षेत्रको ठूलो भू-भाग पानीमा डुब्नसक्छ जसबाट लगभग दुई लाख मानिसहरू प्रभावित हुन सक्छन्। स्थानीय मानिसहरूको भनाइ छ, वर्ष 2024 र 2025-मा जस्तै फेरि गम्भीर बाढ़ीको स्थिति उत्पन्न हुनसक्छ। स्थानीय वामपन्थी नेतृत्वले आरोप लगाए, पछिल्लो केही महिनादेखिको भुतनी क्षेत्रको कटाउ अनि बाढ़ीको समस्या समाधानको लागि निरन्तर मात्र आश्वासन दिँदै आइरहेको छ। प्रधानमन्त्रीको भुतनी भ्रमणावधि कटाउलाई रोक्न तथा क्षेत्रलाई बाढ़ीदेखि बचाउने कुरा गरिएको थियो। त्यसपछि केन्द्रिय गृहमन्त्री र राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारी सहित स्थानीय जनप्रतिनिहरूले समेत भुतनलाई बाढ़ीबाट बचाउने प्रयास गरिने आश्वासन दिएका थिए।

नेताहरूले आरोप लगाए, नयाँ सरकार बनिएको भए पनि सम्बन्धित विभाग र प्रशासनको पक्षबाट सम्भावित बाढ़ीको स्थितिसित सामना गर्नको लागि कुनै पर्याप्त योजना तयारी गरिएको छैन। उनीहरूको भनाइ छ, यदि गङ्गा नदीको पानी व्यापक रूपमा भुतनी क्षेत्रमा फैलियो भने मालदा जिल्लाका केही क्षेत्रहरूसँगसँगै वरपरका क्षेत्रहरू पनि गम्भीर सङ्कटमा पर्नसक्छन्।

क्षेत्रका केही गाउँहरूमा पहिलाबाटै नदीको कटाउ गम्भीर समस्या भएर उभिएको छ। रवीदास पाड़ा, जीतु टोला, शिकान्त टोला, मणिराम टोला, मोनन्द टोला औ बिलाइमाली सहित केही ठाउँहरूमा कटाउले ठूलो नोक्सान पुऱ्याएको बताइन्छ। त्यसरी नै भागुरिया, हरिश्चन्द्रपुर, पञ्चानन्दपुर फेरीघाट, पल्लानपुर, शोभापुर एवं गोपाल पाड़ा सहित विभिन्न क्षेत्रहरूमा पनि नदीको कटाउलाई लिएर चिन्ता व्यक्त गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande