कोकराझारको आरएनबी सिभिल अस्पतालमा 6 वटा डायलिसिस यूनिट स्थापनाको निम्ति एमओयू
कोकराझारको आरएनबी सिभिल अस्पतालमा 6 वटा डायलिसिस यूनिट स्थापनाको निम्ति एमओयू


कोकराझार (असम), 03 सेप्टेम्बर (हि.स.)। कोकराझारको आरएनबी सिभिल अस्पतालमा छ वटा डायलिसिस यूनिट स्थापना गर्ने दिशामा महत्वपूर्ण पहल गरिएको छ। यस सम्बन्धमा बीजीआर टाउनशिपस्थित मानस गेस्ट हाउसमा भारतीय तेल निगम लिमिटेड (आईओसीएल), बङ्गाई गाउँ रिफाइनरी औ बोडोल्याण्ड टेरिटोरियल कउन्सिल (बीटीसी)-माझ गए बुधवार अबेर साँझ आयोजित एक कार्यक्रममा सम्झौता ज्ञापन (एमओयू)-मा हस्ताक्षर गरियो।

यो परियोजनालाई आईओसीएल, बङ्गाई गाउँ रिफाइनरीको कर्पोरेट एनवायरनमेन्ट रिस्पोन्सिबिलिटी (सीईआर) पहल अन्तर्गत लागू गरिनेछ। परियोजनाको एण्डोसरी एवं कोकराझारका जिल्ला आयुक्त पङ्कज चक्रवर्ती, एसीएस यस अवसरमा उपस्थित थिए।

एमओयूमा बीटीसीका अतिरिक्त प्रधान सचिव प्रणजीत वारि, एसीएस तथा आईओसीएल बोङ्गाई गाउँ रिफाइनरीका महाप्रबन्धक (एचआर) मुसुखा बोडोले हस्ताक्षर गरे।

समारोहमा आईओसीएल, बङ्गाई गाउँ रिफाइनरीका कार्यकारी निदेशक एवं रिफाइनरी प्रमुख नयन कुमार बरुवा, बीटीसीका स्वास्थ्य एवं परिवार कल्याण विभागका निदेशक-सह-सीएचडी डा. नीलू कुमार ब्रह्म सहित आईओसीएल औ स्वास्थ्य विभागीय केही वरिष्ठ अधिकारीहरू उपस्थित थिए।

आरएनबी सिभिल अस्पतालमा छ वटा डायलिसिस यूनिट स्थापना गर्नाले कोकराझार तथा वरपर क्षेत्रका रोगीहरूलाई डायलिसिस जस्तो आवश्यक चिकित्सा सेवा स्थानीय स्तरमा उपलब्ध गराउनमा सहयोग पुग्नेछ। यस पहलबाट क्षेत्रको स्वास्थ्य ढाँचालाई सशक्त बन्नको साथै किडनी रोगीहरूको लागि उपचारको सुविधा अनि पहुँच बढ़्ने आशा छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande