न्यू फरक्का-तिलडाङ्गाबीच रेलवे ट्र्याकमा माटो धसियो, केही ट्रेनहरू प्रभावित
न्यू फरक्का-तिलडाङ्गाबीच रेलवे ट्र्याकमा माटो धसियो, केही ट्रेनहरू प्रभावित


कोलकाता, 3 सेप्टेम्बर (हि.स.)। लगातार परिरहेको पानीले गर्दा मुर्शिदाबादमा रेलवे ट्र्याकको एक भाग धसिएर ट्रेन सेवाहरू प्रभावित भएका छन्। न्यू फरक्का जङ्क्शनदेखि हावड़ा तर्फ जाने मार्गमा फरक्का र तिलडाङ्गा स्टेशनबीच रेलवे ट्र्याक धसिएको सूचना प्राप्त भयो। यसले गर्दा हावड़ा तर्फ जाने केही महत्वपूर्ण ट्रेनहरू बाटोमै फसे।

रेलवे सूत्र अनुसार न्यू फरक्का स्टेशनको छेउमा फरक्का ब्यारेज प्रवेश क्षेत्रमा अप लाइनको एक भाग घना वर्षाको कारण धसियो। पानीले माटो धस्किएको कारणले रेलवे ट्र्याकको मुनिको भाग क्षतिग्रस्त भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

घटनाको सूचना पाउनसाथ रेलवे कर्मचारीहरू घटनास्थलमा पुगे अनि क्षतिग्रस्त भागलाई मरम्मत गर्न शुरू गरे। रेलवेले युद्धस्तरमा मरम्मत कार्य गरिरहेको छ।

रेल सेवाहरूलाई यथाशीघ्र सामान्य बनाउनको लागि रेलवेले वैकल्पिक व्यवस्था गरेको छ। फरक्का स्टेशनबाट प्राप्त जानकारी मुताविक क्षतिग्रस्त अप लाइनसितै डाउन लाइनलाई प्रयोग गरी ट्रेनहरू सञ्चालन गर्ने प्रयास गरिरहेको छ ताकि यातायात कमभन्दा कम प्रभावित होस्।

माटो धसिएको कारण पदातिक एक्सप्रेस, योगबानी एक्सप्रेस, गौड़ एक्सप्रेस औ दार्जिलिङ मेल समेत केही महत्वपूर्ण ट्रेनहरूको सेवा प्रभावित भएको छ।यात्रीहरूलाई ट्रेनको प्रतीक्षामा घण्टौं बस्न परिरहेको छ।

रेलवे कर्मचारीहरूले क्षतिग्रस्त भागको अवस्थामाथि लगातार नजर राखिरहेका छन्। मरम्मत कार्य पूरा भएपछि तथा ट्र्याकलाई सुरक्षित घोषित गरिएपछि मात्र यस मार्गमा पुनः रेल सेवा पुनर्बाहल हुनेछ। भारी वर्षालाई ध्यानमा राखेर रेलवेले वरपरका ट्र्याकहरूमाथि पनि निगरानी बढ़ाएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande