भिड़न्तमा दुई चोरको मृत्यु
पुलिस एनकाउंटर में दो वाहन चोरों की मौत


गुवाहाटी, 03 सेप्टेम्बर (हि.स.)। गुवाहाटी महानगरको बाहिरी इलाकामा रहेको सोनापुरमा पुलिससँगको भिड़न्तमा दुई जना सवारी चालकको मृत्यु भएको छ। सोनापुर पुलिसको टोलीले गाड़ी चोर्नेहरूलाई पक्राउ गर्न अभियान चलाएको पुलिसले बिहिवार जानकारी गराएको छ। यसैबीच पुलिसले गोली चलायो। आज बिहान पुलिस थाना क्षेत्रको मारकडाला क्षेत्रमा भएको भिड़न्तमा सैफुल आलम लस्कर र बाबू सिंह मारिएका छन्। मृतक सैफुल आलम कछार र बाबुल सिंह मणिपुर, इम्फालका बासिन्दा थिए।

गुवाहाटीको पानबाजार नजिकैबाट टाटा एसी (एएस-01केसी3128) गाड़ी चोरी गर्ने प्रयास गर्दा पानबाजार पुलिसले दुवैलाई पछ्याएको थियो। दुई चोर पानबजारबाट अमसिंह जोराबात हुँदै दिगारू सोनापुरतर्फ भाग्ने प्रयास गरेका थिए। सोनापुर पुलिसले भाग्ने चोरहरूलाई पक्रन खोजी शुरु गऱ्यो। अपरेशनको क्रममा पुलिसलाई देखेर दुई चोरले पुलिसमाथि गोली हाने। त्यसको जवाफमा पुलिसले पनि गोली चलाउनु परेको थियो। जसमा दुई जनाको मृत्यु भएको छ। पुलिसले घटनास्थलबाट दुई वटा पेस्तोल र धेरै मोबाइल फोनहरू जफत गरेको छ। तर दुई चोरको अर्को सहयोगी अँध्यारोको फाइदा उठाउँदै घटनास्थलबाट भाग्न सफल भयो। भिड़न्तमा मारिएको सैफुल इस्लाम लस्कर गाड़ी चोरको मास्टरमाइन्ड रहेको पुलिसले बताएको छ। दुवैको शव सोनापुर अस्पतालमा राखिएको छ। पुलिसले फरार अभियुक्तको खोजी गरिरहेको छ। यस सम्बन्धमा पुलिसले मुद्दा दर्ता गरेको छ र घटनाको अनुसन्धान गरिरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande