
कामरूप (असम), 03 सेप्टेम्बर (हि.स.)। कामरूप ग्रामीण जिल्लाको बोको क्षेत्रमा एक पुलिस जवानले चौकी प्रभारी र अर्का सहकर्मीको एके 47 राइफलले हत्या गरेको घटना प्रकाशमा आएको छ। गामोरिमुरा पुलिस चौकी प्रभारी इन्द्रजीत बोरा र पुलिस जवान फजलुल अलीलाई अर्का एक पुलिस जवानले एके-47 राइफलले गोली हानेर हत्या गरिएको पुलिसले बिहिवार बताएको छ।
पुलिसले दुईजना पुलिसको हत्या गर्ने अर्का पुलिसकर्मी चिरञ्जीवी चौधरीलाई पक्राउ गरेको छ। चिरञ्जीवीले प्रभारी र अर्का सहकर्मीलाई किन गोली हाने भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन। पुलिसले यस सम्बन्धमा हत्याको एफआइआर दर्ता गरेको छ र पक्रा परेका पुलिस जवानलाई राम्ररी सोधपुछ गरिरहेको छ। पुलिसले दुवैको शव पोस्टमार्टमका लागि अस्पताल पठाएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी