कैथल:ट्रकको चपेटमा परी दुई जना स्कूले छात्राहरूको मृत्यु
कैथल:ट्रकको चपेटमा परी दुई जना स्कूले छात्राहरूको मृत्यु


कैथल, 03 सेप्टेम्बर (हि.स.)। कैथल जिथाको सिवनमा थाना नजिक बिहीवार भएको एक पीड़ादायी सड़क दुर्घटनामा एउटै परिवारका दुई जना स्कूले छात्राहरूको मृत्यु भयो। छात्राहरू स्कुटीमा सवार भएर स्कूल गइरहेका थिए। यसै अवधि उनीहरूको स्कुटी ट्रकको चपेटमा पऱ्यो। यस भयानक ठक्करमा दुवै छात्राको घटनास्थलमै मृत्यु भयो। दुर्घटनापछि वाहनलाई छोड़ेर चालक भाग्यो। मृतक छात्राहरूको पहिचान गाउँ माँड़ी निवासी गुरनदीप (14) पुत्री भूपेन्द्र सिंह औ शरणदीप कौर (15) पुत्री जतिन्द्र सिंहको रूपमा भएको छ। दुवै छात्राहरू पीबीएम श्री कन्या वरिष्ठ माध्यमिक विद्यालय सीवनमा अध्ययनरत थिए। गुरनदीप कक्षा नवौं र शरणदीप कौर कक्षा दशौंका छात्राहरू थिए।

घटनापछि क्षेत्रमा कोकोहोलो मचियो। वरपरका मानिसहरू घटनास्थलमा भेला भएर बचाउ कार्यमा जुटे। पुलिसलाई पनि सूचित गरियो। सूचना पाएर थाना सिवान पुलिस घटनास्थलमा पुग्यो अनि दुर्घटनाको जानकारी जुटायो। पुलिसले दुवै शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि नागरिक अस्पताल कैथलमा पठाइदियो। ट्रकलाई कब्जामा लिएर भगौड़ा चालकलाई खोज्न शुरू गरेको छ। दुई छात्राहरूको मृत्युको खबर पाएर सम्पूर्ण गाउँ शोकमा डुबेको छ। परिवारका मानिसहरूको रोएर बेहाल भएको छ। घटनाको सूचना पाएर स्टाफ अनि खण्ड शिक्षा अधिकारी राकेश कौशिक घटनास्थलमा पुगे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande