
पश्चिम बर्दवान, 03 सेप्टेम्बर (हि.स.)। पैसाको ठूलो अभाव भए पनि मनमा आशाहरूको कुनै अभाव थिएन। यसै आशा र लगनको साथमा शान्तिपुरका युवा कलाकार विकास दे अगाड़ि बढ़्दै गए। अब उनलाई आफ्नो मिहेनतको फल पनि प्राप्त भएको छ।
पारिवारिक आर्थिक सङ्कटको कारणले विकासले कहिल्यै पनि महँगो रङ्ग र ब्रश किन्न सकेनन्। तर आफ्नो कला-सधानालाई रोकिन पनि दिएनन्।
शान्तिपुरका यस युवा कलाकारले मात्र 5-10 रुपियाँको साधारण रह्गीन बलपेनलाई नै आफ्नो कलाको माध्यम बनाए। यसै पेनको मद्दतले विकासले आफ्नो चित्रमा मानव जीवन र जीवन दर्शका विभन्न पक्षहरूलाई चित्रित गरे।
उनको एउटा अनौठो पेन ड्रइङ्ग ‘वाण्डरिङ्ग इन योरसेल्फ’ अर्थात ‘आफू भित्रको विचरण’-लाई अब थाइल्याण्डको एक अन्तर्राष्ट्रिय प्रदर्शनीमा प्रदर्शन गर्ने अवसर प्राप्त भएको छ।
विकासलाई बाल्यकालदेखि नै चित्रकलाप्रति गहिरो रूचि थियो। पहिलो-दोस्रो कक्षामा पढ़्दा तिनले आफ्नो घरको भुइँ वा कपीका पान्नाहरूमा पेन र पेन्सिलले चित्र बनाइरहन्थे। समयसँगसँगै यही रूचि नियमित कला साधनामा परिणत भयो।
पारम्परिक रङ्ग, ब्रश औ महँगो कला सामग्रीको सट्टा विकासले आफूसित सहजै उपलब्ध साधारण बलपेनलाी नै आफ्नो रचनात्मकताको प्रमुख माध्यम बनाए। मात्र 5-10 रुपियाँको रङ्गीन बल पेनले नै तिनले स-साना रेखाहरू, रङ्गहरूको प्रयोग तथा विभिन्न शेड्स बनाएर आफ्नो पेन ड्रइङ्ग बनाउँछन्।
उनका कलाकृतिहरूमा मानव जीवन, भावना औ मनुष्यको अन्तर्मनसित सम्बन्धित विभिन्न अनुभूतिहरू देखिन्छ।
‘वाण्डरिङ्ग इन योरसेल्फ’ नामक चित्रमा पनि उनले मानव जीवन-दर्शनका भिन्न-भिन्न रूपहरूलाई प्रस्तुत गर्ने प्रयास गरेका छन्।
तथापि विकासको कला-साधनाको यात्रा सहज थिएन। परिवारको आर्थिक स्थिति कमजोर भएको कारणले उनले न त आर्ट कलेजमा पढ़्ने अवसर पाए, न महँगो रङ्ग, ब्रश तथा अन्य कला सामग्रीहरू खरिद गर्ने सुविधा नै।
तर आर्थिक सीमाहरू उनको सपना र कलाको बाटोमा कहिल्यै तगारो बन्नसकेन। साधारण पेन र पेन्सिललाई नै आफ्नो साथी बनाएर विकासले लगातार अभ्यास गरिरहेछ। आज त्यै लगन र परिश्रमको परिणामस्वरूप उनको पेन ड्रइङ्ग थाइल्याण्डको एक अन्तर्राष्ट्रिय प्रदर्शनीको लागि चयनित भएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा