असम: भिन्न-भिन्न अभियानहरूमा 5 वटा पिस्तोल र 13 वटा कारतुस जफत, चार जना हिरासतमा
Representative Image: Pistol फाइल फोटो: पिस्तौल


गुवाहाटी, 30 सेप्टेम्बर (हि.स.)। असमको गोलाघाट एवं कामरूप जिल्लामा पुलिसद्वारा सञ्चालित भिन्न-भिन्न अभियानहरूमा 5 वटा पिस्तोल अनि 13 वटा जीवित कारतूस जफत गरियो। यस सम्बन्धमा चार जना मानिसहरूलाई हिरासतमा लिएर जाँचबुझ गरिरहेको छ।

पुलिसले आज बतायो, गोलाघाट जिल्लाको सरुपाथरस्थित चुङ्गाजनमा गए राती पुलिसले अभियान सञ्चालन गरी 4 वटा पिस्तोल र 13 वटा जीवित कारतूस जफत गऱ्यो। यस मामिलामा नागाल्याण्डको दिमापुर निवासी राखाल शील नामक युवकलाई हिरासतमा लिइएको छ।

पुलिस अनुसार जफत गरिएका हतियारहरूमा 7.65 एमएमको दुई वटा पिस्तोल अनि .22-को दुई वटा पिस्तोल सामेल छन्। यस अतिरिक्त आरोपीको कब्जाबाट एउटा टर्च र प्लास्टिकको सामग्रीले भरिएको एउटा ब्याग पनि जफत गरिएको छ।

पुलिसले शीललाई जाँचबुझ गर्दै हतियारहरूको श्रोतसँगै त्यसको सम्भावित गन्तव्य पत्तो लगाउने प्रयास गरिरहेको छ। कथित रूपमा हतियारहरू कुन उद्देश्यको लागि ल्याइँदैथ्यो, अहिलेसम्म स्पष्ट भएको छैन।

यता कामरूप जिल्लामा हाजोको कोसरुवा क्षेत्रमा स्थानीय मानिसहरूले उत्तर प्रदेशका तीन जना मानिसहरूलाई कथित रूपमा पिस्तोल राखेको आरोपमा पक्राउ गरी पुलिसलाई जिम्मा दिएका छन्। आरोपीहरूको पहिचान विशाल मौर्य, कुलदीप र आकाश मौर्यको रूपमा भएको छ भने तीनै जना उत्तर प्रदेशको बासिन्दा रहेको बताइएको छ।

उनीहरूबाट एउटा पिस्तोल र लगभग एक लाख रुपियाँ नगद जफत गरिएको खुलासा भएको छ। पुलिसले तीनै जनासित जाँचबुझ गरिरहेको छ।

दुवै मामिलामा पुलिसले हतियारहरूको श्रोत, त्यसको ओसार-पोसार तथा त्यसमा अभियुक्तहरूको भूमिका पत्तो लगाउनको लागि अनुसन्धान गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande