
नवादा, ३० सेप्टेम्बर (हि.स.)। बिहारको नवादा जिल्लाको हिसुआ थाना क्षेत्रमा अवैध रक्सी विरुद्ध पुलिसले बुधवार कारबाही गर्दै राजगीर रोड स्थित एक होटलमा छापा मारेर २२४.६८० लिटर बियर जफत गरेको छ। पुलिसले होटल सञ्चालक पिन्टु साहु सहित तीन जनालाई पक्राउ गरेको छ।
पुलिस अनुसार, कहरिया गाउँ नजिकै रहेको ‘घर के रसोई होटल’मा अवैध रूपमा बियर भण्डारण गरिएको सूचनाका आधारमा छापा मारिएको हो। खानतलासीका क्रममा बियरसँगै केही खाली देशी रक्सीका बोतल पनि फेला परेका छन्।
रक्सी जफत गरी पक्रा परेकाहरूमाथि मुद्दा दर्ता गरिएको छ। पुलिसले बियर कहाँबाट ल्याइएको थियो र कहाँ बिक्री गर्ने तयारी थियो भन्नेबारे अनुसन्धान गरिरहेको जनाएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी