


झाँसी, ३० सेप्टेम्बर (हि.स.)। उत्तर प्रदेशको झाँसीमा ई–रिक्सा चालकलाई लुटेको घटनामा पुलिसले भिड़न्तपछि चार जना आरोपीलाई पक्राउ गरेको छ। भिड़न्तमा एक आरोपीको खुट्टामा गोली लागेको छ भने उसका एक साथी फरार भएको छ।
पुलिस अनुसार, २८ सेप्टेम्बरमा ई–रिक्सा चालक नरेन्द्रबाट बदमाशहरूले दुई हजार रुपियाँ र मोबाइल फोन लुटेका थिए। अनुसन्धानका क्रममा बुधवार नगरिया पुल नजिक पुलिसले चेकजाँच गरिरहेका बेला बाइकमा आएका आरोपीहरूले गोली चलाए। जवाबी कारबाहीमा ऋषभ वाल्मीकि घाइते भयो।
पक्रा पर्नेमा ऋषभ वाल्मीकि, मोन्टी आर्या, विकास श्रीवास्तव र राज अहिरवार रहेका छन्। हिमांशू उर्फ होती फरार छ।
पुलिसले उनीहरूबाट लुटिएको मोबाइल, १ हजार ३२० रुपियाँ नगद, कागजात, एउटा तमन्चा, तीन जीवित गोली, दुई खोका तथा घटनामा प्रयोग गरिएका दुई वटा मोटरसाइकल जफत गरेको छ। भिड़न्तका क्रममा पुलिस निरीक्षक र स्वाट प्रभारी जोगिएका छन् भने एक गोली उपनिरीक्षक अमित तोमरको बुलेटप्रुफ ज्याकेटमा लागेको पुलिसले जनाएको छ।
/ बिशाल