
इन्दौर, ३० सेप्टेम्बर (हि.स.)। मध्य प्रदेशको इन्दौर स्थित छोटा बाङ्गडदा क्षेत्रमा बुधवार बिहान नगर निगमको पानी ट्याङ्करको ठक्करबाट २० वर्षीया बीटेक छात्रा अर्चिता झारको मृत्यु भएको छ। उनी भाइ प्रणयसँग दुईचक्के सवारीमा यात्रा गरिरहेकी थिइन्। दुर्घटनामा प्रणय पनि घाइते भएका छन्।
वेदान्त इन्टरनेसनल स्कूल नजिक लगभग ११ः३० बजी भएको दुर्घटनापछि ट्याङ्कर चालक रामचन्द्र चौकसे घटनास्थलबाट भाग्न खोजेका थिए। तर, बटुवारहरूले पछ्याएर उनलाई नियन्त्रणमा लिएर पुलिसको जिम्मा लगाए। यस क्रममा केही मानिसले चालकलाई कुटपिट समेत गरेका थिए।
पुलिस अनुसार, अर्चिता सिम्बायोसिस विश्वविद्यालयमा बीटेक अध्ययनरत थिइन्। उनको शव पोस्टमार्टमका लागि पठाइएको छ। पुलिसले दुर्घटनाको कारण, ट्याङ्करको गति तथा चालकको भूमिकाबारे अनुसन्धान गरिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी