दुर्गा पूजा नक्कली पास घोटालाः 16 घण्टाको म्याराथन छापामारीपछि ईडीले पूर्व मन्त्री इन्द्रनील सेनलाई समन जारी गऱ्यो
इंद्रनील सेन


कोलकाता, 30 सेप्टेम्बर (हि.स.)। पश्चिम बङ्गालका पूर्व पर्यटन मन्त्री इन्द्रनील सेनको समस्या बढ्दै गएको देखिन्छ। मनी लाण्ड्रिङ्गको मामिलामा उनको आवासमा भएको 16 घण्टाभन्दा बढ़ी म्याराथन छापामारी तथा खोजी अभियानपछि प्रवर्तन निदेशालय (ईडी)- ले अब उनलाई जाँचबुझ गर्नको लागि बोलाएको छ। गायकदेखि राजनेता बनेका सेनलाई बुधवार बिहान 11 बजे कोलकाताको सल्ट लेकस्थित केन्द्रिय जाँच एजेन्सीको कार्यालयमा उपस्थित हुने निर्देश दिइएको छ। तथापि यो समाचार लेखुञ्जेलसम्म उनी उपस्थित भएका थिएनन्।

यसअघि मङ्गलवार ईडी अधिकारीहरूको विभिन्न टोलीले एकैसाथ दश वटा स्थानमा छापामारी तथा खोजी अभियान सञ्चालन गरेको थियो। यसमा दक्षिण कोलकाताको कस्बा क्षेत्रमा रहेको इन्द्रनील सेन र उनकी पत्नी मधुचन्द सेनको निवास पनि समावेश छ। यसबाहेक सेनका केही नजिकका आफन्त र एकजना इभेन्ट म्यानेजर अरिजित दासगुप्ताको ठेगानामा पनि जाँच एजेन्सीले छापामारी गरेको थियो।

पूर्व मन्त्री एवं उनकी पत्नीविरुद्ध लगाइएको मुख्य आरोपमा युनेस्कोको नामको दुरुपयोग गरेर दुर्गा पूजा दर्शन तथा परिक्रमाको नाममा नक्कली पास बेचेको आरोप रहेको छ । श्रोत अनुसार प्रारम्भिक अनुसन्धानमा यो घोटाला लगभग 60 करोड़ रुपियाँको रहेको अनुमान लगाइएको छ। जात रहोस्, वर्ष 2021- मा कोलकाताको दुर्गा पूजालाई युनेस्कोबाट अन्तर्राष्ट्रिय मान्यता प्राप्त भएको थियो। यसको लगत्तैपछि 'मासआर्ट' नामक संस्था बनाइयो जसले आफूलाई युनेस्कोको 'आधिकारिक साझेदार (अफिशियल पार्टनर)' भएको झुटो दाबी गऱ्यो। भनिन्छ, पूर्व मन्त्रीकी पत्नी मधुछन्दा सेन यस सङ्गठनको कार्यप्रणालीसँग धेरै नजिकबाट जोड़िएकी थिइन्।

जाँचमा थाहा लागेको छ, कोलकाताको दुर्गा पूजाको 'प्रीभ्यु शो' वा पूजा परिक्रमाको नाममा युनेस्कोको नाम र लोगोलाई अवैध रूपमा प्रयोग गरेर प्रवेश पास अत्यधिक मूल्यमा बेचियो। जानकारीअनुसार यी पासहरू शहरका लगभग 24 वटा दुर्गा पूजा पण्डालहरूको 'प्रिभ्यु शो'- का लागि बेचिएका थिए जसको मूल्य 1,749 रुपियाँदेखि 5,499 रुपियाँसम्म थियो। उक्त संस्थाले मानिसहरूसित यस्तो झुटो दाबी गरेको थियो कि यी 24 वटा पूजा पण्डालहरूको छनोट स्वयं युनेस्कोले गरेको हो। तर अहिलेसम्मको अनुसन्धानमा त्यस्तो कुनै सत्यता बाहिर आएको छैन। प्रारम्भिक अनुसन्धान तथ्याङ्कले बताउँछ, वर्ष 2022- मा लगभग 19 हजार, वर्ष 2023- मा 34 हजार अनि वर्श 2024- मा 61 हजार मानिसहरूले यी पासहरू प्राप्त गर्नका लागि पञ्जीकरण गराएका थिए जसबाट करोड़ौं रुपियाँको ठगीलाई परिणाम दिइयो।

सम्पूर्ण मामिलामा ईडीको अनुसन्धान यसै वर्षको जून महिनामा धोकाधड़ीको शिकार भएका जयदीप मुखर्जी नामक व्यक्तिले बहुबजार पुलिस स्टेशनमा गरेकोसिकायतको आधारमा शुरू भएको थियो।तथापि पूर्व मन्त्री इन्द्रनील सेनले शुरूबाटै आफूमाथि लगाइएको आरोपलाई शिराबाटै खारेज गर्दै आएका छन्। उनले यसलाई एउटा राजनीतिक षड़यन्त्र बताउँदै भनेका छन्, उनी तथा उनको परिवारलाई नियोजित ढङ्गमा सताइँदैछ। उनले यस कथित उत्पीड़नको विरोधमा कानूनी कारबाही गर्ने कड़ा चेताउनी समेत दिएका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande