अजित माइतीमाथि नोकरी दिलाउने नाममा पाँच लाख लिएको अर्को मामिला थपियो
अजीत माइती फाइल चित्र


पश्चिम मेदिनीपुर, 30 सेप्टेम्बर (हि.स.)। पश्चिम मेदिनीपुर जिल्ला परिषद्का सह-सभाधिपति तथा पिङ्गलाका पूर्व तृणमूल विधायक अजित माइतीविरुद्ध नोकरी दिलाउने नाममा पाँच लाख रुपियाँ लिएको आरोपमा अर्को नयाँ मुद्दा दर्ता गरिएको छ। उनले आईसीडीएसमा नोकरी दिलाउने वाचा गरेर उक्त पैसा लिएको आरोप लगाइएको छ। पश्चिम मेदिनीपुर जिल्ला अदालतले यस मामिलामा अजित माइतीलाई चार दिनको पुलिस हिरासतमा पठाएको छ। तर अजित माइतीले आफूमाथि लगाइएका आरोपहरूलाई अस्वीकार गरेका छन्। राजनीतिक प्रतिशोधका कारण आफूविरुद्ध एकपछि अर्को झुटो मुद्दा दर्ता गरिरहेरहेको दाबी समेत उनले गरे।

केही दिनअघि पिङ्गलाका पूर्व विधायक अजित माइतीलाई गोविन्द दास नामक व्यक्तिले दर्ता गरेको मुद्दामा पक्राउ गरिएको थियो। गोविन्द दासले आरोप लगाएका छन्, वर्ष 2016-मा तृणमूल कङ्ग्रेसको जमना अञ्चल अध्यक्ष छँदा माइतीले उनलाई पिङ्गला ब्लक अध्यक्ष बनाउने वाचा गर्दै उनीबाट 15 लाख रुपियाँ लिएका थिए।रुपियाँ लिएर पनि न त उनलाई ब्लक अध्यक्ष बनाइयो, न पैसा नै फिर्ता गरियो।

यस मामिलामा पक्रा परेको केही दिनपछि नै अजित माइतीविरुद्ध अर्को मुद्दा थपिएको छ। खडगपुर क्षेत्रका बासिन्दा बरुण देकी पत्नीलाई आईसीडीएसमा नोकरी दिने वाचा गरेर माइतीले पाँच लाख रुपियाँ लिएको आरोप लागेको छ। बरुन देको आरोप छ, गत वर्षको20 दिसम्बरमा अजित माइतीले आफ्नो छोराको हातबाट यो पैसा लिएका थिए।

आफ्नी पत्नीलाई नोकरी नदिइएपछि बरुन देले पैसा फिर्ता माग्दा उनलाई ज्यानमारा धम्की दिइएको आरोप लगाइएको छ। यस सम्बन्धमा उनले गत 26 सेप्टेम्बरमा खडगपुर स्थानीय पुलिस थानामा लिखित उजुरी दिएका थिए।

अबेर साँझ सरकारी वकिल पौलमी कला बेराले बताइन्, मेदिनीपुर अदालतले गए मङ्गलवार अजित माइतीलाई चार दिनको पुलिस हिरासतमा राख्ने निर्देश दिएको छ।

अर्कोतिर अजित माइतीले आफूमाथि लगाइएका आरोपहरूलाई अस्वीकार गरेका छन्। राजनीतिक प्रतिशोधका कारण आफूविरुद्ध लगातार झुटो मुद्दा दर्ता गरिरहेको उनले बताएका छन्।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande