ज्ञानेश कुमारलाई ‘पद्म भूषण’ दिनुपर्ने मागमा कोलकातामा पोस्टरिङ्ग
ज्ञानेश कुमार को पद्मभूषण दिए जाने की मांग के साथ कोलकाता में लगे पोस्टर


कोलकाता, 30 सेप्टेम्बर (हि.स.)।मुख्य चुनाउ आयुक्त ज्ञानेश कुमारलाई 'पद्म भूषण' दिनुपर्ने माग गर्दै कोलकातामा पोस्टरिङ्ग गरिएको छ। बुधवार बिहान कोलकाताको बिधाननगर क्षेत्रमा यस किसिमका पोस्टरहरू देखिएपछि राजनीतिक खलाबैला तीव्र भएको छ।

प्राप्त जानकारी अनुसार भाजपा कार्यकर्ताहरूको एक समूहले पोस्टर टाँसेका हुन्। बिधाननगर क्षेत्रमा टाँसिएका यी पोस्टरहरूमा मुख्य निर्वाचन आयुक्तलाई प्रतिष्ठित नागरिक सम्मान दिने पक्षमा तर्कहरू प्रस्तुत गरिएको छ। र

स्वतन्त्र एवं निष्पक्ष निर्वाचन प्रक्रिया सुनिश्चित गर्नमा मुख्य निर्वाचन आयुक्तले महत्वपूर्ण भूमिका निर्वाह गरेको पोस्टरमा उल्लेख गरिएको छ। विपक्षी दलहरूले दोहोरो मापदण्ड अपनाएको आरोप लगाउँदै एकजना भाजपा कार्यकर्ताले भने, चुनाउमा परास्त हुनसाथ विपक्षी दलहरूले संविधान खतरामा परेको छ भन्दै हल्ला गर्छन् भने विजय हुँदा उनीहरूले लोकतन्त्रको विजयको जयजयकार गर्छन्।

निर्वाचन आयोगको निष्पक्षता र भूमिकालाई लिएर विपक्षी दलहरूले निरन्तर प्रश्न उठाउँदै आएका छन्। यस्तो वातावरणमा बिधाननगरमा भाजपाका कार्यकर्ताहरूले टाँसेका पोस्टर अनि उनीहरूको तर्कबाट नयाँ बहस शुरू भएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande