कोरोना: आठ नयॉं मामिला थपियो, 12 जना भए निको, एकको मृत्यु
कोरोना: आठ नयॉं मामिला थपियो, 12 जना भए निको, एकको मृत्यु


गान्तोक, 26 अक्टोबर (हि.स.)। सिक्किममा आज कोरोनाको मामिलामा केही कमी दर्ता गरिएको छ। गत 24 घण्टामा कोरोनाको केवल आठ नयॉं मामिला पुष्टि भएको छ। यसैगरी, 12 जना कोरोनाबाट निको भएर सामान्य जीवनमा फर्किएका छन्। यो बिमारीले आज एक व्यक्तिको ज्यान पनि लिएको छ।

राज्य स्वास्थ्य विभागले आज उपलब्ध गराएको आंकड़ा अनुसार सोमवार 518 जनाको कोरोना जॉंच गरियो, जसमा केवल आठजनामा कोरोना संक्रमण पुष्टि भयो। संक्रमितहरू पूर्व जिल्लाबाट सात र दक्षिण जिल्लाबाट एक रहेका छन्। पश्चिम जिल्ला र उत्तर जिल्लाबाट आज एउटा पनि मामिला अघि आएन।

राज्यमा कोरोना सक्रिय मामिलाको संख्या 176 रहेको छ। राज्यका संक्रमण दरमा पनि आज निकै सुधार दर्ता गरिएको छ। गत 24 घण्टामा संक्रमण दर 1.5 प्रतिशत रहेको छ। राज्यको रिकभरी रेट 98.01 प्रतिशत रहेको छ। राज्यमा कोरोनाले अहिलेसम्म 395 जनाको मृत्यु भइसकेको छ।

यसरी नै राज्यमा अहिलेसम्म कोरोना संक्रमितहरूको संख्या 31 हजार 912 पुगेको छ भने 31 हजार 22 जना निको भइसकेका छन्।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande