उदालगुड़ीमा पीठासीन अधिकारी पक्राउ, मतदान कर्मीहरूको वाहन दुर्घटनाग्रस्त
उदालगुड़ीमा पीठासीन अधिकारी पक्राउ, मतदान कर्मीहरूको वाहन दुर्घटनाग्रस्त


गुवाहाटी, 25 अप्रेल (हि.स.)। उदालगुड़ीमा ड्यूटी अवधि मदिरा पिएको आरोपमा एक पीठासीन अधिकारीलाई पक्राउ गरिएको छ। अर्कोतिर, करीमगंज लोकसभा क्षेत्रमा निर्वाचन अधिकारी लिएर गइरहेको वाहन दुर्घटनाग्रस्त भएको छ।

जानकारी अनुसार, उदालगुड़ीमा ड्यूटी अवधि मदिरा पिएको आरोपमा एक पीठासीन अधिकारी अरुण दैमारीलाई पक्राउ गरिएको छ। दैमारी उदालगुड़ी गर्ल्स हाई स्कूलका शिक्षक हुन्। दैमारी विरूद्ध कारबाही शुरू गरिएको छ।

एक अन्य खबर अनुसार, लोकसभा चुनाउको दोस्रो चरण अन्तर्गत करीमगंज लोकसभा क्षेत्रमा एक वाहन कर्मचारीहरू लिएर मतदान केन्द्र संख्या 143 गइरहेको थियो। त्यही समय रामकृष्ण नगर क्षेत्रमा निर्वाचन अधिकारी र कर्मचारीहरू लिएर गइरहेको वाहन दुर्घटनाग्रस्त भयो। दुर्घटनामा सबै अधिकारीहरूलाई गम्भीर चोट लागेको छ।

दुर्घटनापछि घाइतेहरूलाई अस्पतालमा भर्ती गरिएको छ। घाइते चुनाउ अधिकारीहरूको विकल्पको रूपमा दोस्रो अन्य पार्टीलाई मतदान केन्द्र पठाइएको छ।

हिन्दुस्थान समाचार


 rajesh pande