मणिपुरमा फर्सीभित्र लुकाएको ब्राउन शुगर जफत
मणिपुरमा फर्सीभित्र लुकाएको ब्राउन शुगर जफत


इम्फाल, 25 अप्रेल (हि.स.)। असम राइफल्स तथा मणिपुरको जीरीबाम पुलिसले फर्सीभित्र लुकाएको ब्राउन शुगर जफत गरेको छ। मणिपुरका मुख्यमन्त्री एन बिरेन सिंहले असफ राइफल्स र जीरीबाम पुलिसको सराहना गरेका छन्।

मुख्यमन्त्रीले सोशियल मिडियामा भनेका छन्द्व गुप्त सूचनाको आधारमा सुरक्षा बलहरूले एउटा बलेरो वाहनबाट 363.45 ग्राम ब्राउन शुगर जफत गरेका छन्। यस क्रममा दुई तस्करलाई पक्राउ गरिएको छ। पक्रा पर्ने तस्करको नाम अब्दुल मन्नान मजूमदार र खलील उल्ला बरभुइयां हो।

ब्राउन शुगर फर्सीभित्र लुकाइएको थियो। पुलिसले पक्रा परेका तस्करहरूसॅंग सोधपुछ गरिरहेको छ।

हिन्दुस्थान समाचार


 rajesh pande