पैह्रोले बन्द रहेको रिम्बिक र मानेभञ्ज्याङ सड़क निर्माण नभएकोले स्थानीयहरू र पर्यटकहरू समस्यामा
मानेभञ्ज्याङ


दार्जीलिङ, 21 दिसम्बर (हि.स.)। दार्जीलिङको सुदुर पश्चिममा रहेको मानेभञ्ज्याङदेखि रिम्बिक जाने रोडमा गत अक्टोबर महिनामा गएको पैह्रो अहिलेसम्म पनि बनिएको छैन। गत अक्टोबर महिनामा लगातार तीन चार दिनसम्म परेको अविरल वर्षाको कारणले 19 अक्टोबरमा मानेभञ्ज्याङ नजिक धोबी खोलामा गएको पैह्रोले रिम्बिक र मानेभञ्ज्याङलाई जोड़ने सड़क वाधित बनेको थियो। उक्त पैह्रो अहिलेसम्म पनि मरमत्ति नभएकोले त्यस रोड अहिले पनि वाधित छ।

रिम्बिकदेखि मानेभञ्ज्याङसम्म पुग्ने गाड़ीको रोड पूर्ण रुपमा बन्द रहेको छ। यो रोड अहिलेसम्म पनि सम्बन्धित विभागले मरमत्ति नगरेको कारणले स्थानीय मानिसहरू र पर्यटकहरूलाई धेरै असुविधा भईरहेको छ। रिम्बिकबाट मानभञ्ज्याङ जान परे पैह्रोग्रस्त क्षेत्र धोबी खोलामा ट्रान्सीप गर्नु पर्ने अवस्था छ अनि पैह्रो पारिबाट पुन: अर्को गाड़ी पक्रन पर्ने अवस्था छ।

धोबी खोलामा रहेको पैह्रोमा मानिसहरूले सामानहरू आफै बोकेर लगि अर्को गाड़ी हाल्नु पर्ने अवस्था छ। त्यति मात्र होइन, त्यही धोबी खोलाको पैह्रो पार गरेर रिम्बिक क्षेत्रका मानिसहरु पीडीएसको राशन थाप्नलाई मानेभञ्ज्याङ जानुपर्छ। यो पैह्रोमा राशन बोकेर नै पार गर्नु पर्ने बाध्यता रहेको छ। त्यसरी नै मानेभञ्ज्याङ क्षेत्रतिर आउने पर्यटकहरू पनि यही पैह्रोमा पैदल नै पार गर्नु पर्ने बाध्यता छ भने पर्यटकहरुको सर सामानहरू पनि पैह्रोमा बोकेर नै पार गर्नु पर्छ। यो पैह्रोको कारणले रोड बन्द भएपछि रिम्बिक र मानेभञ्ज्याङ क्षेत्रका गाउँहरू- फरेस्ट भिलेज, बतासिया बस्ती, भीर गाउँ बस्ती, थापा गाउँ, प्रधान गाउँ आदि गाउँका मानिसहरूले धेरै असुविधा झेलिरहेका छन्।

पैह्रोले बन्द गरेको रोड विषयमा पत्रतारहरुसित कुराकानी गर्दै मानेभञ्ज्याङ गोर्खा कल्याण संगठनको सचिव चन्दन प्रधानले गत अक्टोबर महिनामा गएको पैह्रोले वाधित यो रोड अहिलेसम्म पनि मरमत्ति गरिएको छैन भन्दै रिम्बिकदेखि राशन लिन मानेभञ्ज्याङ जाँदा यही पैह्रो भएर पैदल जानुपर्छ र सर सामानहरू पनि बोकेर पार गर्नु पर्ने अवस्था छ भनी बताए। उनले यो पैह्रोको मरमत्तिको लागि सरकारी मानिसहरू पनि र माटोको परीक्षण गरेर दिल्ली पठाएको कार्य गरियो तर अहिलेसम्म यो पैह्रोमा काम भने भएको छैन भनी बताए।

उनले यो रोड रिम्बिक लोधोमाको धेरैवटा गाउँहरू, बाँसबोटे, मानेभञ्ज्याङ, सिरिखोला र रम्माम हाईड्रल प्रोजेक्टसम्म पुग्ने रोड हो तर यसको मरमत्ति नभएर यसको वरिपरि क्षेत्रका मानिसहरूलाई असुविधा भईरहेको बताएका छन्। यस पैह्रोको कारणले यस क्षेत्रमा आउने पर्यटकहरूलाई पनि धेरै असुविधामा पारेको छ भनी बताएका छन्।

हिन्दुस्थान समाचार/हनोक


 rajesh pande