घुसपैठको आरोपमा दुई बांग्लादेशी पक्राउ
घुसपैठको आरोपमा दुई बांग्लादेशी पक्राउ


सिलगढ़ी, 09 दिसम्बर (हि.स.)। भारतमा अवैध रूपमा प्रवेश गरेको आरोपमा एनजेपी जीआरपीले बिहीबार दुई बांग्लादेशी नागरिकलाई पक्राउ गरेको छ। पक्रा परेका बांग्लादेशीहरूको नाम मोहम्मद ममूद र मिदुल मियां बताइएको छ। प्राथमिक जाँचमा पुलिसलाई थाहा लागेको छ, दुवैले फर्जी आधार कार्ड बनाएर भारतमा प्रवेश गरेका थिए।

एनजेपी जीआरपी अनुसार, बामनहाटदेखि उत्तरबंग एक्सप्रेसमा कोलकाता जानका लागि दुवै बांग्लादेशी चढ़ेका थिए। यहीबीच रानीनगरमा ट्रेनभित्र रहेका रेलकर्मीहरूलाई दुवैमाथि शंका भयो। यसपछि केरकारमा दुवै बांग्लादेशी रहेको थाहा लाग्यो। जसपछि ट्रेनमा बसेका यात्रीहरूले दुवैलाई समातेर एनजेपी जीआरपीलाई सुम्पे। दुवैसित भीसा वा अन्य कुनै दस्तावेज छैन। अहिले अघिको कारबाही जारी छ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande