'साइबर-क्राइम' को चपेटमा परेर गुमाए लाखौं रूपियॉं
‘साइबर-क्राइम’ को चपेटमा परेर गुमाए लाखौं रूपियॉं


गान्तोक, 17 जनवरी (हि.स.)। सिङताम पुलिस थानामा साइबर-क्राइमको दुईवटा मामिला दर्ता भएको छ। यसको चपेटमा पर्ने व्यक्तिहरूले लाखौं रूपियॉं गुमाएका छन्। पीड़ितहरू बलुवाटार, एनएचपीसीका हुन् भने उनीहरूले हिजो थानामा एफआईआर दर्ता गरेका छन्।

पुलिस रिपोर्ट अनुसार, बलुवाटार- एनएचपीसी निवासी एक महिलाले 11 जनवरीको दिन छोराको विद्यालय शुल्क 2400 रूपियॉं अनलाइन बुझाएकी थिइन्। पैसा बुझाउने प्रक्रिया अन्तर्गत उनले आफ्नो ब्याङ्क खाताबाट 3750 रूपियॉं काटिएको पाइन्।

यसपछि, उनले सम्बन्धित ब्याङ्कका प्रबन्धकलाई सम्पर्क गर्दा प्रबन्धकले ब्याङ्कमा आउन लगाए। 13 जनवरीको दिन ब्याङ्क पुग्दा उनको खाताबाट अनाधिकृत लेनदेन गरेर 11 देखि 13 जनवरीबीच 45,949 रूपियॉं निकालिएको थाहा लाग्यो।

सोही दिन बलुवाटार- एनएचपीसीका निवासी एक व्यक्तिले पनि थानामा उनको ब्याङ्क खाताबाट अनाधिकृत लेनदेन गरेर लाखौं रूपियॉं निकालिएको विषयमा एफआईआर दर्ता गरेका छन्।

पुलिस रिपोर्ट अनुसार, गत वर्ष 20 दिसम्बरको दिन पीड़ितलाई जेडी मार्केटिङ कम्पनीको नाममा एउटा प्रमोशनल भिडियोको लिङ्क वाट्सएपमा म्यासेज आएको थियो। उनले लिङ्क हेरेपछि उनको यूपीआईमा केही टोकन राशि प्राप्त भयो।

केही दिनपछि उनलाई टेलीग्राममा व्यापारको प्रस्ताव आएको थियो। यसै क्रममा 25 दिसम्बरको दिन उनको वाट्सएपमा फेरि एउटा लिङ्क पठाइएको थियो, जसलाई उनले हेरेका थिए। तर, यसपाली उनी केवल दश सेकेन्डमा अनाधिकृत लेनदेनको शिकार बने। 27 दिसम्बरदेखि 29 दिसम्बरबीच उनको ब्याङ्क खाताबाट अज्ञात व्यक्ति (हरू) ले 16 लाख रूपियॉं निकालेको प्राथमिकीमा उल्लेख छ।

पुलिसले उक्त मामिलाहरूको सन्दर्भमा कानूनका सम्बन्धित धाराहरू लगाएर जॉंच शुरू गरेका छन्।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande