रेस्टोरेन्ट मालिकको गोली दागी हत्या
रेस्टोरेन्ट मालिकको गोली दागी हत्या


नयाँ दिल्ली, 27 मार्च (हि.स.)। उत्तर-पूर्वी दिल्लीको उस्मानपुर क्षेत्रमा एक अज्ञात वयक्तिले रेस्टोरेन्ट मालिकको गोली दागी हत्या गऱ्यो। सो जानकारी पुलिसले बुधवार दिएको हो।

डीसीपी डा. जय टीर्कीले बताए, मृतकको पहिचान न्यू उस्मानपुर निवासी संजयको रूपमा भएको छ जसले रेस्तराँ संचालन गर्दै आइरहेका थिए। पुलिसले शवलाई पोस्टमर्टम गर्न पठाएर मामिलाको जाँच शुरू गरेको छ। डीसीपीले भने, गए मंगलवार अबेर राती 12:05 बजे मृतकका भाइ नितिनलाई एकजना साथीले सूचना दिए, संजयलाई न्यू उस्मानपुरको मन्दिर भएको गल्लीमा गोली दागिएको छ। घटनास्थलमा पुगेको नितिनले आफ्नो दाज्युलाई रगताम्मे अवस्थामा देखे। पीड़ितको टाउको, दाहिने काँध, दाहिने कुहिनो र पेटको दाहिने भागमा चोट लागेको थियो। त्यसपछि उसलाई तत्काल जगप्रवेश चन्द्र अस्पतालमा लगियो जहाँ डाक्टरहरूले उसलाई मृत घोषित गरिदिए।

डीसीपी अनुसार शवलाई पोस्टमर्टम गर्नको लागि जीटीबी अस्पतालको मोर्चरीमा सुरक्षित राखेको छ। हत्याको मामिला दर्ता गरी जाँच शुरू गरिएको छ। जाँचमा थाहा लागे अनुसार संजय आफ्नो रेस्टोरेन्ट बन्द गरेर बाइकमा घर गइरहेको थियो। त्यै बेला बाटोमा उसले केही मानिसहरूसित बातचित गरे र यसै अवधि उसलाई कसैले गोली दाग्यो।

जानकारी अनुसार संजय हत्याको मामिलामा पनि सामेल थियो। आफ्ना साथीहरू क्रमैले प्रदीप, बिजेन्द्र औ भँवर सिंहसित मिलेर उसले रविन्दर नामक युवकको हत्या गरेको थियो। डीसीपीले बताए, सबै पाटो र पक्षहरूको जाँच गरिँदैछ। हत्यारालाई चिन्हित गर्ने प्रयास गरिँदैछ। क्षेत्रको सीसीटीभी फुटेज जाँच गरिँदैछ ताकि आरोपीलाई चिन्न सकियोस्।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande